रुसको लूना –२५ अन्तरिक्षयान दुर्घटनाग्रस्त
एजेन्सी । रुसको लूना–२५ अन्तरिक्षयान दुर्घटनाग्रस्त भएको छ ।
अधिकारीका अनुसार अनियन्त्रित भएर चन्द्रमाको चक्कर लगाएपछि यो अन्तरिक्ष यान दुर्घटना भएको छ ।
लूना–२५ चन्द्रमाको दक्षिण ध्रुवमा सफ्ट ल्यान्डिङ गर्ने तयारीमा थियो तर यो यसमा विफल भयो ।


