राति छिनछिनमा पिसाब लाग्छ ? हुनसक्छ यस्तो गम्भीर रोगको संकेत, ख्याल गर्नुहोस्

एजेन्सी । यदि तपाईले सामान्य भन्दा बढी पटक पिसाब गर्न थाल्नु भएको छ भने, यो कुनै गम्भीर रोगको संकेत हुनसक्छ । त्यसैले तुरुन्तै डाक्टरसँग जाँच गराउनुहोला ।केही मानिसहरूले पिसाब गर्नका लागि राति पटक–पटक उठ्नु परेको गुनासो गरिरहेका हुन्छन् । जसकारण उनीहरूलाई सुत्न गाह्रो हुन्छ । यस्तो समस्यालाई मेडिकल भाषामा ‘नोक्टुरिया’ भनिन्छ । त्यसैले आज हामी यो रोगबारे चर्चा गर्न गइरहेका छौँ ।

बारम्बार पिसाब लाग्नुको कारण:सामान्यतया रातमा १ देखि २ पटक पिसाब लाग्छ । तर यो भन्दा बढी भयो भने आन्तरिक समस्याको संकेत पनि हुन सक्छ । आउनुहोस् पहिले यसको सामान्य कारणहरू हेरौं।राति उठेर पटक-पटक पिसाब फेर्नुका पछाडिको कारण क्याफिन, मदिरा, धुम्रपान, तनाव पनि हुन सक्छ । यी सबै तत्वले पिसाबलाई गति दिन्छन् । धेरै मदिरा, चिया वा कफी सेवनले पिसाब उत्पादन हुन्छ ।

अब नोक्टुरियाबारे कुरा गरौँ । बुढेसकालमा हुने हर्मोन परिवर्तनका कारण पनि यो रोग लाग्ने गर्छ । जसका कारण पिसाब संक्रमणको खतरा पनि बढ्छ । त्यस्ता मान्छेहरूलाई पिसाब गर्दा पोल्ने समस्या हुनुका साथैं पेट दुख्ने समस्या पनि हुन्छ ।टाइप २ मधुमेह पनि यो रोगको कारण बन्न सक्छ । यसका साथै मृगौलाको बिरामी, ब्ल्याडर प्रोलाप्सका कारण पनि यो रोग लाग्न सक्छ । यस्तो समस्या भएका बिरामीले तत्काल डाक्टरसँग सम्पर्क गर्नुपर्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖