मौसमी सागपात: फर्सी,बेथे र लट्टे साग खानुका यति धेरै फाईदा

काठमाडौ । फर्सीको मुन्टा भन्नसाथ तपाईंको मुखमा पानी आउँछ । धेरैका लागि यो स्वादिलो सब्जी हो । बेथे र लट्टेको स्वाद पनि तिख्खर हुन्छ । अत: यी सबै अहिलेको मौसमी सागपात हुन् । मौसम अनुकुल सागपात किन खाने ? दुई कारण छन् । एक, यसमा असली स्वाद पाउन सकिन्छ । दोस्रो, आवश्यक पौष्टिक तत्व पाइन्छ । हुन त हामी वेमौसमी खानेकुरा खोजिरहेका हुन्छौ । तर, वेमौसमको खानेकुरा शरीरका लागि त्यती लाभदायक हुन्दैन ।

किनभने वेमौसमी उत्पादनका लागि कृतिम शैली अपनाइन्छ । प्राकृतिक रुपमा उब्जाउ भएको हुँदैन । त्यसैगरी वेमौसमी खानेकुरा फलाउन, भण्डारण गर्न केही यस्ता तरिका अपनाइन्छ, जो त्यती स्वस्थ्यकर हुँदैन । अहिले वर्षायाम सुरु भइसकेको छ । यतिबेला फर्सीको मुन्टा, बेथे, लट्टे जस्ता सागपात प्रशस्तै पाइन्छ । यी सागपात निकै लाभदायक हुन्छ, स्वास्थ्यका लागि ।

फर्सीको साग किन खाने ? फर्सीको मुन्टा फाइबरको राम्रो स्रोत हो । यसले पाचन यन्त्रलाई राम्रो बनाउँछ । यसमा भिटामिन ई, सी, ए, बी, पोटासियम, फोलिक एसिड, क्याल्सियम, कपर, प्रोटिन पाइन्छ । साथै यो आइरन, फस्फोरस जस्ता खनिज पदार्थको स्रोत पनि हो । यसमा फाइबर त पाइने नै भयो । फर्सीको पात तथा मुन्टाको सेवनले हामीलाई कतिपय रोगको संभावनाबाट टाढा राख्छ । फर्सीको मुन्टा खासगरी उच्च रक्तचाप, कोलेस्ट्रोल, क्यान्सर जस्ता रोगबाट बच्न लाभदायक हुन्छ । फर्सीको मुन्टामा हाइपोग्लिसिएमिक नामक तत्व हुन्छ, जसले शरीरमा ग्लुकोजको मात्रा नियन्त्रण गर्छ । पाचन यन्त्रलाई तन्दुरुस्त राख्न पनि यो उपोगी हुन्छ । यसमा पाइने पोटासियमले पाचन यन्त्रलाई चुस्त राख्छ ।

लट्टेको साग किन खाने ? कतिपयलाई औधी स्वाद लाग्छ, लट्टेको साग । वैशाखदेखि जेठसम्मको अवधीमा लट्टेको साग पर्याप्त पाइन्छ । यो सजिलै उम्रने र हुर्कने भएकाले सस्तो पनि पर्छ । साथै यसमा किटनासक लगायत हानिकारक तत्व प्रयोग हुने संभावना पनि न्युन हुन्छ । लट्टेको व्यवसायिक खेती गरिएको त्यती पाइदैन । सिजनमा अनुकुल माटोमा सजिलै उम्रने भएकाले यसको व्यवसायिक खेती नभएको हुनसक्छ । जे भएपनि लट्टेको साग भने स्वास्थ्यका लागि निकै लाभदायक छ । लट्टेको सागमा विभिन्न किसिमको पोषक तत्व पाइन्छ । यसमा खासगरी खनिज पदार्थ फलाम, क्याल्सियम, म्याग्नेसियम प्रचुर मात्रामा पाइन्छ ।

बेथेको साग किन खाने ? बेथेको साग दुई किसिमको हुन्छ, एक सामान्य हरियो पात भएको । अर्को पातमा रातो भएको । दुबै किसिमको साग निकै लाभदायक हुन्छ । खासगरी खोकी, पेटको समस्या, कब्जियतमा बेथेको साग उपयोगी हुन्छ । बेथेको साग नियमित सेवन गर्दा बाथ अर्थात युरिक एसिड, रक्त वा छालाको विकार हट्छ । बेथेको सागले शरीरभित्रको विकार हटाउन निकै सहयोग गर्छ । बेथेको सागमा कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियम, भिटामिन, मिनरल्स, आइरन प्रचुर मात्रामा पाइन्छ । यसमा सोना धातु पनि पाइन्छ, जो अन्य सागसब्जीमा पाइदैन । औषधीको रुपमा बेथेको पञ्चाङ अर्थात पाँच अंग जरा, डाँठ, पात, फल र फूल प्रयोग गरिन्छ। यसको डाँठ र पातमा प्रोटिन, खनिज, भिटामिन पाइन्छ । बेथेको सागमा सेलिनियम, ओमेग थि्र पनि पाइन्छ । अनियमित महिनावरी, कब्जियत, पत्थरी जस्ता समस्यामा बेथेको साग उपयोगी हुन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖