‘चन्द्रयान-३’ माथि फिल्म बनाउँदै ‘मिसन मंगल’ निर्देशक

काठमाडौं । ‘मिसन मंगल’ निर्देशक जगन शक्तिले ‘चन्द्रयान ३’ फिल्म बनाउने भएका छन् । भारतीय यानले पहिलोपटक चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गरेर इतिहास रचेलगत्तै फिल्मको घोषणा भएको हो ।

भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै जगन शक्तिले ‘मिसन मंगल’को टिमसँग मिलेर फिल्म बनाउने बताएका हुन् । यद्यपि, यसमा अक्षय कुमार हुने वा नहुने भन्ने पुष्टि उनले गरेका छैनन् ।

निर्देशक जगन शक्तिले भने, ‘हामी यो अवसरलाई छाड्ने छैनौं । म अहिले यस विषयमा केही सोचिरहेको छु । यसका लागि मेरी ठूली बहिनीबाट आइडिया लिंदैछु । मेरी बहिनी भारतीय अन्तरीक्ष अनुसन्धान संस्था (इसरो)मा वरिष्ठ वैज्ञानिकको रुपमा छिन् । मिसन मंगलको टोलीसँग मिलेर चन्द्रयान–३ मा फिल्म बनाउने आशा गरेको छु ।’

जगन शक्तिले ‘मिसन मंगल’ बनाउन इसरोका वैज्ञानिकको सहयोग लिएका थिए । फिल्मसँग सम्बन्धित अनुसन्धान टोलीले वैज्ञानिकसँग मिलेर धेरै विवरण निकालेका थिए । फिल्मको लेखन टोलीका अनुसार अन्तरीक्षमा बनेका हलिउड फिल्महरु ‘ग्राभिटी’ र ‘इन्टरस्टेलर’ फिल्ममा भनिएजस्तै ‘मिसन मंगल’मा पनि यस्तै जानकारी दिइनेछ ।

हलिउडमा अन्तरीक्ष विधाका फिल्मको बजेट सामान्यतया ५०० करोड भारुभन्दा बढी हुन्छ । फिल्म ‘ग्राभिटी’को बजेट ८०० करोडभन्दा बढी थियो । ‘इन्टरस्टेलर’को लागत १३ सय करोड रुपैयाँ भारु थियो । यद्यपि फिल्ममा भारी भिजुअल इफेक्टको प्रयोग गरिएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖