दूतावासमा गायक स्वप्नीलको उजुरी

काठमाडौं । चर्चित नेपाली रक ब्याण्ड स्याडोजका गायक स्वप्निल शर्माले ‘कलाकार भिसा’को नाममा मानव तस्करी गर्ने अष्ट्रेलियाली आयोजकलाई बहिष्कार गर्नुपर्ने बताएका छन् । फेसबुकमा स्टाटस लेख्दै उनले गैर कलाकारलाई कलाकार बनाएर लैजाने प्रवृत्तिको विरोध गरेका हुन् ।

उनी लेख्छन्, ‘ हामी (कलाकारले) कलाकार भिसाको नाममा मानव बेचबिखनमा संलग्न अष्ट्रेलियाका आयोजकलाई बहिष्कार गर्नुपर्छ । यही कारणले गर्दा हिजोआज अष्ट्रेलियामा हप्तामा दुई पटक कार्यक्रम हुने गरेको कारण कलाकारको नभएर कलाकार भिसामा गैर कलाकारका लागि आवेदन दिनु अस्ट्रेलियामा एउटा व्यवसाय भएको छ ।’

कलाकारले आफ्नो प्रतिष्ठा र भिसाको स्थितीमा सचेत रहनुपर्ने धारणा उनले गरेका छन् । ‘ हामी कलाकारले हाम्रो आफ्नै प्रतिष्ठा र भिसाको स्थितिमा धेरै सावधान रहनुपर्छ जब यी चीजहरू तपाईंसँग सम्बन्धित छन् । आयोजकलाई चिन्नुहोस्, त्यहाँ पृष्ठभूमि जाँच गर्नुहोस्, र त्यसपछि इभेन्टको निश्चित गर्नुहोस् ।’

आफूले यसबारे अष्ट्रेलियाली दूतावासमा उजुरी समेत गरेको उनले जनाएका छन् । अष्ट्रेलियाली उच्चायोगले यसबारेमा छानविन गर्नुपर्ने धारणा उनले राखेका छन् । उनले नेपालस्थित अष्ट्रेलियाली दूतावासलाई समेत यो स्टाटस ट्याग गर्दै ध्यानाकर्षण गराएका छन् । अष्ट्रेलियामा वास्तविक इभेन्ट अर्गनाइजर रहेको र यस्ता घटनाले उनीहरुलाई असर गरेको स्वप्निलले उल्लेख गरेका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।