नेप्से परिसूचक ४४ दशमलव ३० अङ्कले बढ्यो

काठमाडौँ, २५ भदौ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४४ दशमलव ३० अङ्कले बढेको छ । आजको कारोबारमा परिसूचक दुई दशमलव २८ प्रतिशतले बढेर एक हजार नौ सय ८६ दशमलव ९९ अङ्कमा कायम भएको हो ।

आजको कारोबारमा विभिन्न कम्पनीका कुल ४७ लाख ४२ हजार पाँच सय ११ कित्ता शेयर ३७ हजार सात सय ९९ पटक खरिदबिक्री हुँदा रु एक अर्ब ५१ करोड ८३ लाख ४३ हजार तीन सय ९७ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक हरियो देखिएको छ । सबैभन्दा वित्त समूहको उपसूचक तीन दशमलव ६५ प्रतिशत र व्यापार समूहको उपसूचक तीन दशमलव ६३ प्रतिशतले बढेको छ ।

आज थ्री स्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्य नौ दशमलव ९८ प्रतिशतले बढेको छ भने मेन्छियाम हाइड्रोपावर लिमिटेडको नौ दशमलव ९७, मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको नौ दशमलव ८७, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड नौ दशमलव ८५ र प्रोग्रेसिभ फाइनान्स लिमिटेडको शेयर मूल्य आठ दशमलव ६५ प्रतिशतले बढेको छ ।

सबैभन्दा धेरै घट्नेमा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ को शेयर मूल्य सात दशमलव ४३ले घटेको छ । कारोबार रकमका आधारमा आज साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको रु छ करोड २५ लाख ५२ हजार चार सय ४८ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेड र बढी सङ्ख्यामा शेयर कारोबार हुनेमा आइएमई लाइफ इन्स्योरेन्स छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖