तीजको अवसरमा पाख्रिबासमा खुल्ला महिला सामुहिक नृत्य प्रतियोगिता हुने
धनकुटा(पाख्रिबास) । धनकुटाको पाख्रिबास नगरपालिकामा तीजको अवसरमा नृ्य प्रतियोगिता हुने भएको छ ।
महिलाहरुको महान चाड हरितालिका तीज २०८० को सु-अवसरमा उक्त तीज विशेष नगर स्तरीय खुल्ला महिला सामुहिक नृत्य प्रतियोगिता’ को आयोजना पाख्रिबास नगरपालिका ३ स्थित चेतना युवा क्लबको आयोजना र पाख्रिबास नगरपालिकाको प्रायोजनमा हुन लागेको हो ।
कार्यक्रम असोज १ गते बिहानको १० बजेबाट नपा ३ नं वडा कार्यालयको अगाडि हुनेछ ।
प्रतियोगितामा पुरस्कार र नियमहरु यस्ता छन् :
(क) प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने प्रतियोगीहरुलाई क्रमश नगद रु.१०,०००/-, रु.५,०००/- रु.२,५०० सहित प्रमाणपत्र र मायाको चिनो व्यवस्था गरिएको छ ।
ख) नृत्य नेपाली भाषाको गितमा हुनुपर्नेछ । मौलिक संस्कृति झल्किने नृत्यलाई बढी प्राथमिकता दिईनेछ ।
( ग) सहभागी हुन ईच्छुक समुहले भदौ ३१ गते बेलुका ५:०० बजेसम्ममा निम्न सम्पर्क मार्फत आफ्नो समुह र गितको बोल दर्ता गराई सक्नुपर्नेछ।
घ) सहभागीहरुको पालो असोज १ गते बिहान १०:०० बजे अघि नै निर्धारण भईसक्नेछ।
( ङ) सहभागीहरु पाख्रिबास नगरपालिका भित्र स्थायी रुपमा बसोबास गर्दै आएको हुनुपर्नेछ यद्यपि यस क्लवको कार्य क्षेत्र भित्र रहेका शैक्षिक संस्थामा आबद्द अध्ययन/अध्यापनरत व्यक्तिहरुलाई पनि संस्थाको सिफारिश सहित आएमा सहभागी गराइनेछ।
(च) निर्णायकको निर्णय नै अन्तिम हुनेछ । छ) प्रतियोगिताका अन्य नियमहरु कार्यक्रम शुरु हुनुभन्दा अघि जानकारी गराइनेछ। ज) सहभागीले आवत जावत बापत खर्च आफैले व्यहोर्नु पर्नेछ।



