नेकपा एमाले कोशी प्रदेश कमिटि अधिबेशनका लागि पाख्रिबास नगर कमिटिबाट नौ प्रतिनिधि सर्वसम्मत चयन
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी(एमाले) को कोशी प्रदेश कमिटिको अधिबेशन प्रतिनिधि चयनका लागि धनकुटाको पाख्रीबासमा नेकपा(एमाले) पाख्रिबास नगर कमिटिको बैठक सम्पन्न भएको छ ।
बैठकबाट ९ सदस्यीय प्रतिनिधिलाई सर्वसम्मत रुपमा चयन गरिएको छ ।
चयन गरिएका प्रतिनिधिहरुमा महिला तर्फबाट नम्रता गौतम ,करुणा राई र सम्झना आले रहनु भएको छ भने खुल्ला तर्फबाट नेत्र भण्डारी,शान्तिराम गौतम,खण्डमान राई,सिताराम राई,सरोज राई र मदन राई रहनु भएको छ ।
नेकपा (एमाले) कोशी प्रदेशको प्रथम ऐतिहासिक अधिबेशन यही असेज १२-१३ गते विराटनगरमा हुंदैछ ।


