‘दिव्य शताब्दी पुरुष’ डा लाल दासलाई नागरिक अभिनन्दन गरिँदै

काठमाडौँ, ९ असोज ः दिव्य शताब्दी पुरुष डा गौरीशङ्कर लाल दासलाई आज नागरिक अभिनन्दन गरिँदै छ । नेपालको चिकित्सा सेवा, नेपाल रेडक्रस सोसाइटी, मानवअधिकार, समाजसेवा, व्यावस्थापन, प्रशासन र सुशासनको क्षेत्रमा मुलुकलाई अतुलनीय योगदान पुर्याएको जनाउँदै उहाँलाई नागरिकस्तरबाट अभिनन्दन गर्न लागिएको हो ।

अभिनन्दन मूल समारोह समितिले दिएको जानकारी अनुसार आज दिउँसो २ः३० बजे राष्ट्रियसभा गृहमा आयोजना हुने समारोहमा डा दासलाई अभिनन्दन गरिने छ । समाजसेवी डा दासलाई नागरिकका तर्फबाट कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले अभिनन्दन गर्नुहुने कार्यक्रम छ ।

दिव्य शताब्दी पुरुष डा गौरीशङ्कर लाल दास जन्म शताब्दी वर्ष मूल समारोह समितिका कोषाध्यक्ष मोहनमणि आचार्यका अनुसार नागरिकस्तरबाटै दिव्यपुरुष घोषणा गरिसकिएको हुनाले नागरिक अभिन्नदन गर्न लागिएको हो । सोही अवसरमा डा दासले विभिन्न कालखण्डमा लेख्नुभएका लेख रचनाको सङ्गालो पुस्तक पनि विमोचन गर्ने कार्यक्रम छ ।

वरिष्ठ छातीरोग विशेषज्ञ डा लाल दास हाल एक सय वर्षको उमेरमा पनि सामाजिक अभियन्ताको क्षेत्रमा सक्रिय हुनुहुन्छ । विभिन्न स्वास्थ्य क्षेत्रमा योगदान गरी सेवानिवृत्त भएपछि पनि उहाँ अहिले पनि विभिन्न संस्थामा आबद्ध भएर सक्रियरूपमा सामाजिक अभियान्ताका रूपमा सेवामा समर्पित हुनुहुन्छ ।

भारतको पटना विश्वविद्यालय र लण्डनको वेल्स नेसनल स्कुल अफ मेडिसिनबाट आफ्नो अध्ययन पूरा गर्नुभएका डा दासले वीर अस्पतालदेखि स्वास्थ्य सेवा आरम्भ गर्नुभएको थियो । उहाँले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै नागरिक अभिनन्दन गर्न लागिएको हो ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।