साढे चार महिनामा सशस्त्र र एसएसबीका एक सय ४५ संयुक्त गस्ती

महेन्द्रनगर (कञ्चनपुर), १४ मङ्सिर : दुईतिर भारतीय सिमाना जोडिएको कञ्चनपुरमा केही वर्षयता सशस्त्र प्रहरीले उपस्थिती बढाएर सीमा सुरक्षा अब्बल बनाएको छ । कोरोना महामारी अघिसम्म सीमा इलाका पोष्ट पाँच वटा मात्रै रहेपनि हाल त्यो सङ्ख्या २३ वटा पुगेको छ ।

सीमा क्षेत्रमा सशस्त्र प्रहरीको बिओपी पोष्ट थपिएसँगै सीमामा सुरक्षा मजबुद ढङ्गले अघि बढेको सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीले जनाएको छ । सशस्त्र प्रहरीले सीमा क्षेत्रमा दैनिक पेट्रोल, भारतीय सीमा सुरक्षा बल (एसएसबी) सँग संयुक्त गस्ती, सीमा स्तम्भ रेखदेख तथा सीमा क्षेत्रमा हुने आपाराधिक गितिवधि नियन्त्रणमा दिनहुँ परिचालन भइरहेको सशस्त्र प्रहरी बल नं ३५ का गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेम रावलले जानकारी दिनुभयो ।

पछिल्लो समय सीमासँग जोडिएका स्थानीय तहका वडामा सीमा सहजीकरण समिति गठन गरी सीमा समस्या समाधान, सीमा अपराध नियन्त्रणलगायतका विषयमा समेत सहकार्य भइरहेको छ । “चालु आर्थिक वर्षको साढे चार महिनामा मात्रै सीमा क्षेत्रमा एक सय ४५ वटा सीमागस्ती गरिएका छन्”, सशस्त्र प्रहरी उपरीक्षक रावलले भन्नुभयो, “फिल्डमा देखिने स–साना समस्या मिलेर समाधान गर्दै आएको छ ।”

उपरीक्षक रावलले नेपाल–भारत सीमा सुरक्षा बलको नियमित बैठक र छलफल भए हुँदै आएको बताउनुभयो । कोरोना कहरका बेला सरकारले नै सीमामा सशस्त्र प्रहरी बलको सुरक्षा बढाएपछि सीमा क्षेत्रमा शान्ति सुरक्षासमेत राम्रो हुँदै गएको र सशस्त्र प्रहरी कतिपय स्थानमा अस्थायी संरचना र त्रिपालमा समेत बसेर सीमा सुरक्षामा सक्रिय रहेका रहेको उहाँको भनाइ छ । “कञ्चनपुरमा तीन वडा बिओपी पोष्टमा पक्की संरचनाका लागि जग्गा भोगाधिकारको विषय टुङ्गो लगाउने प्रक्रियामा छौँ”, उहाँले भन्नुभयो, “भोगाधिकारको विषयमा विमती नरहे पनि प्राप्तिको विषय अघि बढ्दै छ ।”

सशस्त्र प्रहरीले चालु आवको चार महिनामा अवैध चोरी निकासीबाट रु एक करोड ४१ लख ९८ हजार बराबरको राजस्व सङ्कलन गरी भन्सार कार्यालयलाई बुझाएको सशस्त्र प्रहरीले जनाएको छ । त्यस्तै लागुऔषध नियन्त्रणका क्रममा सशस्त्र प्रहरी बलले चालु आवमा ११ जना अभियुक्तलाई लागुऔषधसहित कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाएको जनाएको छ ।
-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।