प्राज्ञिक विद्यार्थी परिषदद्वारा राष्ट्रव्यापी शैक्षिक सर्वेक्षण सुरु

विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले राष्ट्रव्यापी शैक्षिक सर्वेक्षण सुरु गरेको छ । आइतबारदेखि परिषद्ले कोशी प्रदेशसहित देशभर एकैसाथ शैक्षिक सर्वेक्षण सुरु गरेको हो ।

परिषद् कोशी प्रदेशले आज पहिलो दिन महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस र पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट विराटनगरका विद्यार्थी तथा प्राध्यापकलाई सर्वेक्षण फारम भराएको परिषद्का राष्ट्रिय सचिव विवश कटुवालले जानकारी दिए ।

शिक्षा क्षेत्रको समग्र सुधार गर्ने उद्देश्यका साथ सुरु गरिएको सर्वेक्षणमा १४ वटा प्रश्न समावेश गरिएको उनले बताए ।

प्रश्नावलीमा उच्च शिक्षामा विद्यार्थी घट्दै जानु, शिक्षाको गुणस्तर, राजनीतिक हस्तक्षेपलगायतका विषय समावेश गरिएको परिषद्ले जनाएको छ । सर्वेक्षण अभियान पौष १५ गतेसम्म संचालन हुने कटुवालले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।