किरात राई सांस्कृतिक कलाकार संघले माघ १ गते किराती नयाँ वर्षको अवसरमा भव्यताका साथ यलम्बर जयन्ति मनाउने

कामाण्डौं । किरात राई सांस्कृतिक कलाकार संघले माघ १ गते किराती नयाँ वर्षको अवसरमा भव्यताका साथ यलम्बर जयन्ति मनाउने भएको छ । संघले शनिवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरि माघ १ गते यलम्बर जयन्ति मनाउने जानकारी गराएको हो ।

माघ १ गतेबाट यलदोङ (यलम्बर संवत्) ५०८४ शुरु हुने भएकोले सोही दिन यलम्र जयन्ति मनाउन लागिएको संघले जनाएको छ ।

जसअनुसार ललितपुरको नखिपोट खेलमैदानमा किराती नयाँ वर्ष यलदुङ कार्यक्रम गरिनेछ र काठमाडौं उपत्यका बाहिर धनकुटा, उदयपुर,झापा सुनसरी, मोरङ र ओखलढुंगा जिल्लामा संघका जिल्ला शाखाहरुले पौष २९ र माघ १ गते कार्यक्रम आयोजना गर्ने संघका महासचिव पदम थुलुङ राईले बताउनुभएको छ ।

संघद्धारा जारी विज्ञप्ति अनुसार नेपालमा किराती शासनबारे विभिन्न मत भए पनि अहिलेसम्म सर्वमान्य मानिएको १४ औं शताब्दीमा अद्यावधिक र पुनर्लेखन गरिएको गोपाल वंशावली हो । यस वंशावलीमा ३२ पुस्ता किरातहरुको शासन क्रम वर्णन गरिएको छ,’ ‘किरातहरुले आधुनिक नेपालमा १ हजार ९ सय ६३ वर्ष ८ महिना शासन गरेको मानिन्छ ।’

तिनै राजा यलम्बरको स्मृतिमा स्थापित संवत् हो यलदोङ । जसलाई किराती भाषाहरुमा यले तङबे, यलदोङ तथा यलम्बर संवत् भन्ने गरिएको छ । प्रथम किरात हाङ (राजा) यलम्बरलाई आधुनिक नेपालका संस्थापक राजाका रुपमा मानिन्छ । ‘नेपालको व्यवस्थित राज्य निर्माणको जग हाल्ने पहिलो राजा यलम्बर भएकोले राज्यले उहाँको सम्मानका लागि एक दिन सार्वजनिक बिदा दिएर प्रत्येक माघ १ गते यलम्बर जयन्ति मान्नाउनुपर्ने संघका अध्यक्ष शालिक शातासक राईले वताउनुभएको छ ।

संघको धारणा
१. नेपाल देशको संस्थापाक राजाको स्मृतिमा चलेको संबतलाई राष्टिय संबत घोषणा गरी लागु गरियोस् ।
२. प्रथम हाङ यलम्वर राजालाई राष्ट्रिय बिभुति घोषणा गरियोस् ।
३. प्रत्येक माघ १ गतेलाई यलम्वर जयन्ती मनाई राज्यले सम्मानगरी एक दिन सार्बजानिक बिदा गरियोस् ।
४. नेपाल देशको ब्यबस्थित राज्य निर्माणको जग हाल्ने पहिलो राजा यलम्बर नै भएकोले माघ १ गते यलम्वर दिवस मनाइयोस् ।
५. कुनै पनि समुदायको साल र संवत्, भाषा, लिपि, धर्म, संस्कार, संस्कृति, निजि हुदैन यो साझा बिषय हुन्छ सबैले ग्रहण गर्न सक्छन् यल तङ्बे र यलदोङर यलम्बर संवत् पनि साझा हो यसलाई राष्ट्रिय संवतको रुपमा घोषणा गरियोस् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।