विराटनगर महानगरको आयोजनामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

विराटनगर । विद्यालयस्तरदेखि नै खेलाडी उत्पादन गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाको आयोजनामा बुधबारदेखि १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताको महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले प्रतियोगिताले खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले कक्षागत पाठ्यक्रम अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिन विद्यार्थीहरूलाई आग्रह गर्नुभयो । खेलकुदले शारीरिक र मानसिक विकाससँगै व्यक्तिलाई अनुशासित बनाउन सहयोग गर्ने उहाँको भनाइ थियो । मेयर कोइरालाले सीमित स्रोत र साधनका बाबजुत पनि महानगरले विराटनगरवासीको सर्वाङ्गिण विकासमा ध्यान दिएको बताउनुभयो ।

“महानगरपालिकासित सीमित स्रोत–साधन छ । त्यही सीमित स्रोत र साधनबाट धेरैभन्दा धेरै काम गर्नुपरेको छ,” उहाँले थप्नुभयो, “त्यसमध्ये खेलकुद पनि एउटा क्षेत्र हो । खेलकुदको विकासका लागि महानगरपालिका गम्भीर छ ।”

कार्यक्रममा उपमेयर शिल्पा निराला कार्कीले खेलकुदले मानिसलाई अनुशासित बनाउन सिकाउने बताउनुभयो । उहाँले महानगरले आयोजना गरेको प्रतियोगिताबाट भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन हुने विश्वास व्यक्त गर्नुभयो ।

“यस्तै प्रतियोगिताबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन हुन्छन्,” उपमेयर कार्कीले भन्नुभयो, “खेलकुदका लागि यस्ता प्रतियोगिताले जगका रुपमा काम गर्छन् ।”

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र नेउपाने, जिल्ला शिक्षा समन्वय इकाई मोरङका प्रमुख टंक गौतम, सहभागी विद्यालयहरूका तर्फबाट मिल्स माविका प्रधानाध्यापक विन्दुकुमार लावती, प्रतियोगिताको संयोजनको जिम्मेवारी प्राप्त जनपथ माविका प्रधानाध्यापक तथा आयोजक समितिका सदस्यसचिव हरिप्रसाद पराजुलीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतियोगितामा २० सामुदायिक विद्यालयसहित ४३ वटा विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, उसु, तेक्वान्दो र कराँते खेलमा १ हजार ५ सय जना विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताका विजेता खेलाडीहरूले अन्तरपालिकास्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाकी अधिकृत तारा शर्माले जानकारी दिनुभयो । प्रतियोगिता माघ ५ गते शुक्रबारसम्म सञ्चालन हुनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।