कोशी प्रदेश सरकार भ्रष्टाचारको विषयमा कसैसँग कुनै सम्झौता गर्दैन : मुख्यमन्त्री कार्की

विराटनगर । मुख्यमन्त्री केदार कार्कीले काेशी प्रदेश सरकारले भ्रष्टाचारकाे विषयमा कसैसँग कुनै किसिमकाे सम्झाैता नगर्ने बताएका छन् । खानेपानी, सिँचाइ तथा उर्जा मन्त्रालयले विराटनगर, इटहरी र झापाकाे सुरूङ्गामा स्थापना गरेकाे विद्युतीय सवारी चार्जिङ्ग स्टेसनकाे आइतबार उद्घाटनपछि मुख्यमन्त्री कार्कीले काेशी सरकार फरक ढंगले सुशासनमा अघि बढिसकेकाले सबैलाई इमानदारितापूर्वक जनताकाे पक्षमा काम गर्न निर्देशन दिएका हुन् ।

´सकारलाई कुनै बाधा र अबराेध छैन, फरक ढंगले सुशासनमा अघि बढिसकेकाले कसैकाे लागि सकार राेकिदैन ।` उनले भने, ´२५ मेघावाटकाे जलविद्युत आयाेजना सूचिकृत गराउन भनेकाेले त्याे नगरे सचिव जान्छ, राेकिदैन किनकी सर्वसम्मतिकाे शतप्रतिशत जनताकाे मतकाे सरकार भएकाले जनताकाे पक्षमा मात्रै काम गर्नुपर्छ ।` प्रदेश सरकारले प्रदेशलाई कृषिमा फडकाे मार्न कार्यक्रम अगाडि बढाउन लाग्नुका साथै उद्यमी बनाउने काम पनि यसै वर्षबाट सुरू गर्दै छ त्यसैले अब जनताकाे काम राेकिदैन ।`

याे काम गरेपछि जनताकाे भाेट आउँछ भनेर काेही नआउनु हाेला तर याे गरेपछि जनताले सुबिधा पाउँछ भनेर मात्रै आउन मुख्यमन्त्री कार्कीले बताएका छन् । ´अब प्रदेशमा कसैलाई विभेद नहुने गरि काम प्रदेश सरकारले गर्छ,` उनले भने, ´खानेपानीमा विभेद नगर्न र सबै जनताकाे घरमा पुर्याउन निर्देशन दिएकाे छु र जीवन बचाउने खानेपानीमा धेरै नाफा कमाउनु हुँदैन र उपभाेक्ताकाे पैसा लिएर विदेश घुम्न जाने हाेइन, जनताकाे मन जित्ने गरी काम गराैं ।`

विद्युतीय चुल्हाे र गाडी चार्जिङ स्टेसन बनाएर गाडी खरिदमा पैसा बाहिर पठाउने अवस्थाकाे अन्त्यका लागि प्रदेश सरकारले काम अघि बढाएकाे मुख्यमन्त्री कार्कीले बताएका हुन् । ´इन्डक्शन चुल्हाे सँगै विद्युतीय सामग्री समेत काेशी प्रदेशमा नै उत्पादन गर्न मानवीय विकासमा लागाैं,` उनले भने, ´ग्रिन इनर्जीमा हामी आत्मनिर्भर भइसकेकाे अवस्थामा राष्ट्रकाे कूल आमदानीकाे २० प्रतिशत इन्धनमा खरिद गर्नुपर्ने बाध्यताकाे अन्त्य गरेर व्यापार घाटा घटाउनुकाे विकल्प छैन ।`मुलुककाे आर्थिक अवस्था धारासायी भएकाे भ्रम छर्नेले यसै वर्ष ३ लाख विद्युतीय सवारी बिक्रि भएकाे किन हेर्न नसकेकाे भन्दै मुख्यमन्त्री कार्कीले प्रश्न गरेका हुन्। त्यसैले प्राप्त साधनकाे सही सदुपयाेग गर्नुपर्ने उनकाे भनाइ थियाे ।

खानेपानी, सिँचाइ तथा उर्जा मन्त्रालयले उक्त तीन वटै ठाउमा १ कराेड १४ लाखकाे लागतमा चार्जिङ स्टेशन निर्माण गरेर सञ्चालन गरेकाे छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।