एनआरएनए इलाम गोल्डकपको उपाधी एनआरटीको पोल्टामा

काठमाण्डौं । इलाममा जारी प्रथम ‘एनआरएनए इलाम गोल्डकपको उपाधि न्यूरोड टिम काठमाडौँ (एनआरटी) ले चुमेको छ । शनिवार भएको फाइनलमा पेनाल्टी सुटआउटमा एनआरटीले ४-३ गोलअन्तरले झापालाई पराजित गरेको हो।

गैरआवासीय नेपाली संघको प्रायोजनमा भएको सो खेल निर्धारित समय गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। टाइब्रेकरमा एनआरटीका सुमित श्रेष्ठ, जय गुरुङ, विदेशी खेलाडी पिसो र विवेक गुरुङले गोल गरे। एनआरटीका राजीव लोप्चनको प्रहार झापाका गोलकिपरले बचाए।

बिर्तामोडको तर्फबाट योगेश गुरुङ, घनश्याम मुर्मु र देवेन्द्र तामाङले गोल गरे। झापाका प्रदीप बुढाथोकी र अनिल गुरुङको प्रहार विपक्षी गोलकिपरले बचाए। बिर्तामोड टिमका हिसुब थपलिया फाइनल खेलको म्यान अफ दि म्याच घोषित भए। फाइनलमा एनआरटीका राजीव लोप्चनले एल्लो कार्ड पाए।

एनआरटीले यसअघि सेमिफाइनलमा आयोजक रेडहर्स फुटबल क्लब र क्वार्टरमा बाग्मती युवा क्लबलाई पराजित गरेको थियो। बिर्तामोडले सेमिमा पाँचथरलाई र क्वार्टरमा राष्ट्रिय जागृति क्लबलाई हराएको थियो।
विजेताले नगद पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार पाएका छन्। रेडहर्स फुटबल क्लबले आयोजना गरेको प्रतियोगिता माघ ६ मा सुरु भएको थियो भने आठ टिम सहभागी थिए।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीतर्फ गोलकिपर एनआरटीका प्रिसो, मिल्ड फिल्डर बिर्तामोडका योगेश गुरुङ, फरवर्ड एनआरटीका राजीव लोप्चन, डिफेन्डर बिर्तामोडका सञ्जित राई, प्रशिक्षक एनआरटीका हरिहोम श्रेष्ठ, राइजिङ प्लेयर रेडहर्सका विवेक मगर, सर्वाधिक गोलकर्ता रेडहर्सकै नवयुग श्रेष्ठ र सर्वोत्कृष्ट खेलाडी बिर्तामोडका रोहन कार्की घोषित भए। उनीहरूले जनही पाँच हजार रुपैयाँ पुरस्कार पाए।

गैरआवासीय नेपाली संघले नेपालको खेल क्षेत्रमा सहयोग गर्ने नीति अनुरुप इलाम गोल्डकपलाई सहयोग गरेको थियो । खेलाडीहरुलाई हौसला दिन संघका सचिव पारमणी पोखरेल, संघको केन्द्रीय कार्यालयका आइटी प्रमुख महेश श्रेष्ठ र आइटी अफिसर रुपक लामिछाने खेल मैदानमा उपस्थित थिए । यसअघि संघले नेपाल क्रिकेट एसोशियसन र भलिवल एसोशियसनलाई क्रमशः १० लाख र ८ लाख रुपैया सहयोग गरेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।