फोनिज युके पत्रकारिता सम्मान ,पुरस्कार राई र चेपाङलाई

गोमा राना, लण्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेले हरेक वर्ष प्रदान गर्दै आएको फोनिज युके पत्रकारिता सम्मान तथा पुरस्कार पत्रकार दिपीन राई (दिपेन्द्र चाम्लिङ) र संगीता चेपाङलाई प्रदान गरिने भएको छ ।

फोनिज युकेको २५ जनवरीमा बसेको बैठकले राईलाई ‘फोनिज युके पत्रकारिता सम्मान-२०२३’ र चेपाङलाई ‘फोनिज युके पत्रकारिता पुरस्कार-२०२३’ प्रदान गर्ने निर्णय गरेको पुरस्कार छनोट समितिका प्रमुख (हेड अफ ट्रस्ट) सोनाम छिरिङ शेर्पाले जानकारी दिएका छन । सम्मान र पुरस्कारका लागि फोनिज संघीय समितिले पाँच जनाको नाम सिफारिस गरेको थियो । सिफारिसमध्ये २ जनालाई सम्मान र पुरस्कार प्रदान गरिएको हो । सम्मान र पुरस्कारको राशी २५/२५ हजार रुपैयाँ रहेको छ ।

बैठकमा फोनिज युकेका अध्यक्ष बम थापा सुर्यवंसी, प्रमुख सल्लाहकार मेजर रिटायर्ड सोनाम छिरिङ शेर्पा (छनौट समिति प्रमुख), सल्लाहकार दुत बहादुर पुन, सल्लाहकार प्रमिला लाबुङ राई र निबर्तमान अध्यक्ष गोमा रानाको उपस्थिति रहेको थियो।

दिपीन राई २०४९ साल दैनिक विवेचना देखि अनवरत पत्रकारीतामा सम्लग्न भइ जनचाहना साप्ताहिक (कार्यकारी सम्पादक), हिमालय टाइम्स काठमाडौं (सम्वाददाता ), आजभोलि दैनिक भारत (सम्वाददाता ), रुपरेखा साप्ताहिक काठमाडौं (सम्वाददाता), मुक्ति आवाज साप्ताहिक (सम्पादक), समावेशी म्यागेजिन (सम्पादक)जनसंसद दैनिक (सहसम्पादक) आदि । हाल यलम्बर टाइम्स (सम्पादक/प्रकाशक तथा लोकतन्त्र दैनिकमा कार्यरत छन् ।

विभिन्न सामाजिक सस्थामा सम्लग्न रहेका राई नेपाल पत्रकार महासंघ पूर्वाञ्चल सल्लाहकार, किरात राई पत्रकारसंघ झापा सल्लाहकार, नेपाल जेसिज सुचना सम्योजक, सचेत युवा मन्च सुचना प्रमुख, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का सस्थापक जिल्ला अध्यक्ष हुँदै केन्द्रिय उपाध्यक्ष, प्रदेश न १ इन्चार्जको जिम्मेवारी लगायत झन्डै २ दर्जन सस्थामा काम गरिसकेका छन् । त्यस्तै विभिन्न पुरस्कारहरुमा जनमत साप्ताहिक इटहरी पुरस्कार, किरात धर्म साहित्य उत्थान केन्द्रिय समिति लारुम्वाबाट, किरात राई यायोख्खा केन्द्रिय समिति वातावरणीय पत्रकारीता पुरस्कार, नेपाली सेनाबाट २०७९ महारथी पदकबाट विभुषित तथा सम्मान, संघीय लिम्बुवान राष्ट्रिय पार्टी केन्द्रिय समिति गरि दर्जनौं पुरस्कारबाट पुरस्कृत र सम्मानित भइसकेका छन् ।

त्यस्तै युवा पत्रकार संगीता चेपाङ नेपालमा अति अल्पसंख्यक र लोपुन्मुख चेपाङ समुदायका पत्रकार हुन । यो समुदाय राज्यको हरेक सुचाङ्कमा कम सुचिमा परेको जाति हो । चितवन, धदिङ, गोरखा, मकवानपुर, लम्जुङ र तनहुँ बसोबास गर्ने चेपाङ समुदायमा साक्षरता दर अति कम छ । यो समुदायबाट पत्रकारिता पेसामा अति न्यून व्यक्ति मात्र सहभागी छन । त्यस मध्येका एक हुन, संगीता । हाल उनी इच्छाकामना एफ एम १०२.४ मेघाहर्ज कुरिनटार चितवनमा कार्यरत छन ।

पुरस्कारले चेपाङ समुदायबाट अझ बढी पत्रकारीतामा लाग्न प्रोत्साहन र प्रेरणा मिल्ने फोनिज युकेले विश्वास लिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।