युकेको एबरडिनमा आगोलागिबाट २ नेपाली चेलीको निधन

लण्डन । बेलायतको स्कटल्याण्ड राज्यको एबरडिनमा गत २९ जनवरी २०२४ का दिन आगलागीमा परी दिदीबहिनी शिक्षा र आँचल सुवेदीको निधन भएको कुरा एबरडिनलाईभडटकमन्यूज ले जनाएको छ ।

सुवेदी दिदीबहिनी बस्ने फ्लाटभन्दा विपरीत तर्फको फ्लाटबाट आगोलागि शुरु भएको र सुवेदी दिदीबहिनी दोस्रो तल्लामा बस्ने गरेको जनाएको छ ।

आगलागी भएको थाहा पाएपछि दिदीबहिनी आफ्नो फ्लाटको ढोका बन्द गरी बाहिर निस्कन खोज्दा भर्याङमै धुँवाको मुस्लोमा परी निस्सासिएर उनीहरूको मृत्यु भएको आशङ्का गरिएको छ ।

दुवैजनाको शरीरमा कतै जलेको पनि नपाइएको जनाईएको छ ।

डा यज्ञ सुवेदीका तीन छोरीमध्ये जेठी विवाह भएर अलग्गै बस्थिन् भने दुई दिदीबहिनी बाबाआमाबाट करिब १० मिनेटको दुरीमा रहेको सो फ्लाटमा बस्ने गर्थे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।