प्रधानमन्त्री कप क्रिकेटको उपाधि नेपाल पुलिस क्लबलाई

काठमाडौँ, २० माघ : प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल मा पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्‍यो ।

उपाधि जितेको पुलिसले रु १० लाख प्राप्त गर्‍यो भने उपविजेता आर्मीले रु पाँच लाख प्राप्त गर्‍यो ।

आर्मीले दिएको एक सय ८२ रनको सामान्य लक्ष्य पुलिसले ३५ दशमलव पाँच ओभरमा चार विकेटको क्षतिमा पूरा गर्‍यो । पुलिसका लागि शङ्कर रानाले ४३ बलमा पाँच चौका र छ छक्काको मद्दतमा ६२ रन बनाए । यस्तै आरिफ शेखले २७, अमित श्रेष्ठले २८ र कुशल भुर्तेलले १४ रन बनाए ।

आर्मीका लागि जितेन्द्र मुखिया, कुशल मल्ल, सहाब आलम र बसिर अहमदले समान एक/एक विकेट लिए ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले ४९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै एक सय ८१ रनको योगफल बनाएको थियो । उसका लागि विवेक यादवले ८१ बलमा सात चौका र एक छक्काको मद्दतले ६३ रन बनाए । यसैगरी सोमपाल कामीले ३९, इमरान शेखले २८, कुशल मल्लले १७ तथा जितेन्द्र मुखियाले अविजित १६ रन बनाए ।

पुलिसका लागि दीपेन्द्रसिंह ऐरी र ललितनारायण राजवंशीले समान तीन/तीन विकेट लिए भने सागर ढकाल, कुशल भुर्तेल र करण केसीले समान एक/एक विकेट लिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।