महादेवको मूर्ति बनाउन रौतहट लगियो कालीगण्डकीको शिला

पर्वत, २५ माघ : दामोदरकुण्ड र मुक्तिनाथवाट उत्पत्ति भई बहने पवित्र कालीगण्डकी नदी किनारका शिलाको महत्व दिन प्रतिदिन बढ्दै गएको छ । शालिग्राम शिला पाइने विश्वकै एक मात्र नदी कालीगण्डकी नदी किनारबाट मूर्ति निर्माण तथा शिला पूजनका लागि लैजाने क्रम बढ्दै गएको हो ।

भारतको अयोध्या र चितवनको माडीपछि रौतहट जिल्लाको गढीमाई नगरपालिका–७ धर्मपुरामा निर्माणाधीन शिवमन्दिरमा मूर्ति बनाउने प्रयोजनका लागि शिला लगिएको छ । पर्वतको जलजला गाउँपालिका–३ पर्वत बेनीस्थित कालीगण्डकी किनारबाट धर्मपुरामा रहेको हिन्दूहरुको धार्मिकस्थल गरिबनाथ शिवमन्दिरमा निर्माण गरिने गरिबनाथ शिव महादेवको मूर्ति बनाउन पूजाआजा गरी बुधबार शिला लगिएको हो । केही दिन अघि मन्दिर निर्माण समितिका पदाधिकारीहरु र कालीगण्डकी नदीका अध्येता कुलराज चालिसेसहितको टोलीले पर्वत बेनीको जुगेधारास्थित कालीगण्डकी नदी किनारमा ८ देखि १० टन तौल भएको उक्त शिलाको पहिचान गरेको थियो । पहिचान गरिएको शिलाको बुधबार विहान पूजाआजा गरी दिउँसो ट्रकमा राखेर पठाइएको छ ।

क्रेनको सहयोगले नदीबाट निकालेर ट्रकमा राखेर पठाइएको पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो । शिला पठाउन गाउँपालिकाले आवश्यक निर्णयसहित सघाएको थियो । स्थानीय समुदायको समेत सहभागितामा धुमधामका साथ शिलाको बिदाई गरिएको थियो । गढीमाई नगरपालिकाले यही माघ २१ गते शिला पठाई सहयोग गरिदिन पालिकालाई पत्र पठाएको थियो । मुस्ताङको दामोदर कुण्डबाट उत्पत्ति भएर प्रसिद्ध धार्मिकस्थल गलेश्वर हुँदै बग्ने कालीगण्डकी नदीको शिला प्रयोग गरेर शिव महादेवको मूर्ति बनाउँदा धार्मिक पर्यटनको प्रवद्र्धन हुने र कालीगण्डकी नदीको थप प्रचारप्रसार हुने अध्यक्ष आचार्यले बताउनुभयो ।

शिलाले रौतहट, गलेश्वर, मुक्तिनाथबीच धार्मिक र सांस्कृतिक सम्बन्धलाई जोड्नुका साथै धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने पालिका अध्यक्ष आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कालीगण्डकी नदीको शिला रौतहटस्थित निर्माणधीन गरिबनाथ मन्दिरमा लैजानुले कालीगण्डकी नदीको धार्मिक र सांस्कृतिक महत्वलाई उजागर र प्रचारप्रसार गर्न थप सहयोग मिल्ने छ ।’

शिला लैजान आउनुभएका गढीमाई नगरपालिका ७ का स्थानीय सुरजभान कुसवाहाले भन्नुभयो, ‘‘अहिले गढीमाईको धर्मपुरमा शिव मन्दिर निर्माणधीन छ । मुस्ताङको दामोदर कुण्डबाट उत्पत्ति भएर प्रसिद्ध धार्मिकस्थल गलेश्वर हुँदै बग्ने कालीगण्डकी नदीको शिला प्रयोग गरेर शिव महादेवको मूर्ति बनाउन आवश्यक भएकाले शिला लैजान लागेका हौं । यहाँको शिलाबाट मुर्ति बनेपछि हाम्रो धार्मिकस्थलको महत्व बढ्ने विश्वास गरेका छौँ ।’

हिन्दू धार्मिक मान्यताअनुसार शालिग्राम पाइने भएकाले कालीगण्डकी आफैँमा पवित्र नदी मानिन्छ । त्यसमा पनि कालीगण्डकी किनारमा ऋषिहरू पुलह, कपिल र जडभरतले तपस्या गरी सिद्धि प्राप्त गरेको पौराणिक मान्यता भएकाले यस क्षेत्रको शिला धार्मिक हिसावले महत्पूर्ण हुने धार्मिक व्यक्तिहरुको भनाइ छ । कालीगण्डकी नदीको निरन्तर जलप्रवाहले पवित्र बनेका शिलाबाट मूर्ति बनाउन राम्रो हुने विश्वास गरिएको छ ।

कालीगण्डकीबाट लगिने शिलालाई उत्सवको रुपमा गढीमाई नगरपालिका परिक्रमा गरी मन्दिरमा लगिने भएको छ । यसअघि कालीगण्डकी नदिकै किनारवाट दुईवटा शिला भारतको हिन्दूहरूको प्रसिद्ध धार्मिकस्थल अयोध्यामा निर्माणाधीन श्रीराम जन्मभूमि मन्दिरमा लगिएको थियो ।

शालिग्रामलाई हिन्दू धर्मावलम्बीले विष्णुको अवतारका रुपमा पुज्ने गर्छन् । नेपालका प्रमुख हिमनदीमध्ये कालीगण्डकी पनि एक हो । हिन्दूहरुको पवित्र तीर्थस्थल दामोदरकुण्ड क्षेत्रबाट उत्पत्ति भई आउने गण्डकी र मुक्तिनाथबाट उत्पत्ति भएको कागखोला कागबेनी भन्ने स्थानमा भेट भएपछि यसलाई कालीगण्डकी भनिएको हो । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।