नेपाल र क्यानडाबिचको खेल रोमाञ्चक मोडमा

काठमाडौँ । पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले दिएको दुई सय २५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको क्यानडाले ४६ ओभरमा आठ विकेट गुमाएर दुई सय आठ रन बनाएको छ । क्यानडाका साहिद अहमदजाई एक र डिल्लन हेलिगर शून्य रन बनाउँदै क्रिजमा छन् । क्यानडालाई जितका लागि २४ बलमा १७ रन आवश्यक छ ।

क्यानडाले २.५ ओभरमै आफ्नो पहिलो विकेट गुमाएको थियो । रिजन ढकालले लिएका थिए । एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताको आफ्नो ‘डेब्यू’ खेलमै रिजनले विकेट लिएका हुन् । उनले क्यानडाका ओपनर ब्याट्सम्यान नवनित धालिबललाई आरिफ शेखद्वारा क्याच गराएका थिए । त्यतिबेला नवनितले केवल ६ रन बनाएका थिए ।

क्यानडाको दोस्रो विकेट सोमपाल कामीले लिएका थिए । सोमपालले क्यानडाका अर्का ओपनर एरोन जोन्सनलाई २० रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका थिए । सोमपालले जोन्सनलाई एलबीडब्लूको धरापमा पारेका थिए । छैटौँ ओभरको अन्तिम बलमा जोन्सन आउट हुँदा क्यानडाले ३५ रन बनाएको थियो ।

क्यानडाको तेस्रो विकेट कप्तान रोहित पौडेलले लिएका थिए । रोहितले मैदानमा जमिसकेका ब्याट्सम्यान परगत सिंहलाई ५० रनमा पेभेलियन फर्काएका थिए । रोहितले उनलाई ललित राजवंशीद्वारा क्याच गराएका थिए । परगत सिंहले ५८ बलमा नौ चौका हिर्काएका थिए । १९.४ ओभरमा उनी आउट हुँदा क्यानडाले एक सय १४ रन बनाएको थियो ।

क्यानडाको चौथो विकेट कुशल मल्लले लिएका थिए । उनले क्यानडाका ब्याट्सम्यान हर्ष ठाकेरलाई ३२ रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका हुन् । कुशल मल्लले हर्षलाई बोल्ड गरेका थिए । आउट हुनुअघि हर्षले ४३ बलमा तीन चौका हिर्काएका थिए । ३३औँ ओभरको अन्तिम बलमा हर्ष आउट हुँदा क्यानडाले एक सय ७४ रन बनाएको थियो ।

क्यानडाको पाँचौँ विकेट रोहित पौडेलले लिएका थिए । उनले क्यानडाका श्रेयष मोभालाई एक रनको ब्यक्तिगत स्कोरमा आउट गरेका थिए । उनले मोभालाई सोमपाल कामीद्वारा क्याच गराएका थिए । रोहितले लिएको यो दोस्रो विकेट हो । ३७.३ ओभरमा मोभा आउट हुँदा क्यानडाले एक सय ८९ रन बनाएको थियो ।

क्यानडाको छैटौँ विकेट पवन सर्राफले लिएका थिए । उनले मैदानमा जमिसकेका ब्याट्सम्यान निकोलस किर्तनलाई ६८ रनको ब्यक्तिग स्कोरमा आउट गरेका हुन् । पवनले निकोलसलाई बोल्ड गरेका थिए । पेभेलियन फर्किनुअघि निकोलसले ९९ बलको सामना गरी सात चौका पनि हिर्काएका थिए । ४०.४ ओभरमा निकोलस आउट हुँदा क्यानडाले एक सय ९५ रन बनाएको थियो ।

क्यानडाको सातौँ विकेट कप्तान रोहित पौडेलले लिएका थिए । उनले क्यानडाका उदय भगवानलाई ६ रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरेका हुन् । रोहितले लिएको यो तेस्रो विकेट हो । ४४औँ ओभरको अन्तिम बलमा उदय आउट हुँदा क्यानडाले दुई सय सात रन बनाएको थियो ।

क्यानडाको आठौँ विकेट ललित राजवंशीले लिए । ललितले क्यानडाका कप्तान साद बिन जाफरलाई सात रनको ब्यक्तिग स्कोरमा एलबीडब्लूको धरापमा पारेका हुन् । ४४.२ ओभरमा जाफर आउट हुँदा क्यानडाले दुई सय सात रन बनाएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।