क्यानडा विरुद्ध नेपालको रोमाञ्चक जित
काठमाडौं,२५ माघ । एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गतको खेलमा नेपालले क्यानडाविरुद्ध रोमाञ्चक जित निकालेको छ ।
नेपालले दिएको २२५ रनको मध्यम लक्ष्य पछ्याएको क्यानडा ४८ ओभरमा २१७ रनमा अलआउट भएपछि नेपालले ७ रनको रोमाञ्चक जित निकालेको हो ।
क्यानडाका लागि निकोलस किर्टोन र पार्गत सिंहले अर्धशतक प्रहार गरेपनि टिमलाई जिताउन भने सकेनन् । ९९ बलमा ७ चौका हिर्काएका किर्टोन ६८ रनमा आउट भए भने सिंह ५८ बलमा ९ चौकाको मद्दतमा ५० रनमा आउट भए । हर्ष ठाकरले ३२ तथा एरोन जोनसोनले २० रन थप्दा अन्य खेलाडीले राम्रो रन जोड्न सकेनन् ।


