धनकुटाको शहिदभूमिमा चौँथो कोशी प्रदेश प्रकाश थापा स्मृति भलिबल प्रतियोगिता सुरु

धनकुटा । चौँथो कोशी प्रदेश प्रकाश थापा स्मृति भलिबल प्रतियोगिता धनकुटाको शहिदभूमि गाउँपालिका वडा १ घंगरुमा सोमवार देखी सुरु भएको छ ।

प्रतियोगिता कर्तव्य पालनको क्रममा शाहदत प्राप्त गरेका प्रहरी नायव निरीक्षक प्रकाश थापाको स्मृतिमा सञ्चालन हुँदै आएको हो ।

प्रतियोगीताका विजेतालाई १ लाख रुपैयाँमा पुरस्कार प्रदान गरिने छ । कोशी प्रदेश स्तरीय भलिबल प्रतियोगिता गत: वर्ष नेपाल पुलिस क्लब रानी विजयी भएको थियो । सङ्खुवासभाको सभापोखरी गाउँपालिका उपविजेता रहेको थियो ।

यसपालि प्रतियोगितामा साबिक विजेता सहित धनकुटा, भोजपुर, सङ्खुवासभा, मोरङ र झापाका कुल १२ टिम सहभागी रहेको आयोजक सहिद प्रकाश थापा स्मृति ट्रष्टका अर्जुन थापाले बताए । उनका अनुसार प्रतियोगिताको फाइनल खेल र समापन फागुन ५ गते हुनेछ ।

प्रकाश थापा स्मृति भलिबल धनकुटा जिल्लामा सञ्चालित भलिबलको सबैभन्दा ठुलो पुरस्कार राशि भएको प्रतियोगिता हो । प्रत्येक वर्ष आयोजना हुँदै आएको प्रतियोगिता सोमवार एक समारोहका बिच प्रमुख अतिथि सहिदभुमि गाउँपालिका अध्यक्ष मनोज राईले उद्घाटन गरेका हुन ।

गाउँपालिकाका उपाध्यक्ष रत्नसरी राई, वडाध्यक्ष रमेश कुमार राइको उपस्थितिमा भएको उद्घाटन समारोहको सभापतित्व ट्रष्टका अध्यक्ष दिलबहादुर थापाले गरेका थिए । सञ्चालन विजय घिमिरेले गरेका थिए।

प्रतियोगिता निर्णायक रेफ्रि कोशी प्रदेश रेफ्री सङ्घका अध्यक्ष विनय राई र भलिबलका प्रदेश रेफ्रि सिताराम गुरुङले सञ्चालन गरेका छन् ।-एचआर न्युज

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।