आगामी पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा एनआरएनएका खेलाडीले भाग लिन्छन् : अध्यक्ष डा.बद्री केसी

पोखरा । गैरआवासीय नेपाली संघका अध्यक्ष बद्री केसीले आगामी वर्षदेखी पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा एनआरएनएले पनि भाग लिने बताउनु भयो ।

नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिवार सम्पन्न १८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा अध्यक्ष केसीले अबका म्याराथनमा एनआरएनए खेलाडीले भाग लिने बताएका हुन् । उक्त समारोहलाई सम्बोधन गर्दै उनले पोखरा म्याराथनमा ८७ देशमा बस्ने नेपालीहरुले समेत अपनत्व लिएको भन्दै खुशी व्यक्त व्यक्त गर्नु भयो ।

सो प्रतियोगितमा संघले ७ लाख ५० हजार रुपैया आर्थिक सहयोग समेत गरेको थियो । संघले आगामी तीन वर्षसम्म लगातार सो प्रतियोगितामा प्रायोजकको रुपमा सहयोग समेत गर्ने भएको छ ।

प्रतियोगितामा ४२.१९५ किलोमिटर म्याराथनमा ३१ विदेशीसहित कुल १ सय ८ धावकले प्रतिस्पर्धा गरेका थिए । पोखरा म्याराथनको १८ औं संस्करणका पहिलोदेखि तेस्रो स्थानसम्म केन्याली खेलाडीहरु भएका छन् ।

जुलियास मुरियाली वाहोमले निर्धारित ४२.१९५ किलोमिटरको दुरी २ घण्टा १९ मिनेट ३६ सेकेण्डमा पूरा गरेका थिए । केन्याकै इसाक किहारा कमिरीले २ घण्टा २० मिनेट ०५ सेकेण्डको समयमा पुरा गरे । केन्याका इडविन किप्लागटले थप ४० सेकेण्ड समय लगाउँदा तेस्रो बन्न सफल भए ।

नेपालका किरण सिंह बोगटीले २ घण्टा २४ मिनेट ०२ सेकेण्डमा म्याराथन पूरा गरेर चौथो स्थान प्राप्त गरे । बिहीबार पोखरेली मञ्च युकेले तमु धिं यूके, बगर भाई खलक यूकेबाट संकलित १९ लाख २४ हजार २ सय ४० रुपैयाँ पोखरा म्याराथनका लागि सहयोग गरेको थियो ।

संस्थाका अध्यक्ष करम गुरुङले भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीलाई रकम हस्तान्तरण गरेका हुन् । बगर भाइ खलक यूकेका अध्यक्ष तथा संघका आइसीसी सदस्य दिलरास गुरुङले आफ्नो तर्फबाट नगद ५० हजार हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा पोखरेली मञ्च अस्ट्रेलियाका संयोजक चन्द्रप्रकाश गुरुङले गैरआवासीय नेपाली संघ अस्ट्रेलियाबाट प्राप्त १ लाख र आफ्नोतर्फबाट संकलित १ लाख ३६ हजार ५ सय रुपैयाँ हस्तान्तरण गर्नु भयो ।

म्याराथनमा १३ राष्ट्रका ५० विदेशी खेलाडी भाग लिएका थिए । म्याराथनमा सहभागी हुन् संघका केन्द्रीय अध्यक्ष डा. बद्री केसी सहित संघकी उपाध्यक्ष रोजिना प्रधान राई, सहकोषाध्यक्ष कृष्ण तिमल्सिना, युरोपका क्षेत्रीय उसंयोजक महेश अधिकारी, आइसीसी सदस्य विक्रम कार्की (कतार), पूर्वआईसीसी सदस्यद्धय अर्कराज तिमल्सिना, कृष्ण ढकाल र संघका निवर्तमान प्रवक्ता शिव बरुवाल पोखरा पुगेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।