जीवन विकासको वार्षिक उत्सवमा विविध कार्यक्रम

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले पाँचौं वार्षिक उत्सव विविध कार्यक्रम गरी मनाएको छ । बुधबार लघुवित्तले पाँचौं वार्षिक उत्सव विविध कार्यक्रम गरी मनाएको हो ।

जीवन विकास समाजद्वारा प्रवर्द्धित जीवन विकास लघुवित्तले २४ जिल्लामा १६० शाखा मार्फत वित्तीय सेवा प्रवाह गरिरहेको छ । ती शाखाहरुले १६३ स्थानमा कार्यक्रम गरी वार्षिक उत्सव मनाएको लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले जानकारी दिए ।

वार्षिक उत्सवमा लघुवित्तका ६६ वटा शाखाले विद्यालय सरसफाइ तथा डस्टबिन वितरण, हाजिरजवाफ प्रतियोगिता र शैक्षिक सामग्री वितरण गरेका छन् । २७ शाखाले बजार सरसफाइ गरी डस्टबिन वितरण गरेका छन् । २४ वटा शाखाले मन्दिर सरसफाइ गरेका छन् ।

१५ वटा शाखाले १५ परिवारका लागि श्रमदान गरेर घर निर्माण गरेका छन् । १५ वटा शाखाले वृक्षरोपण गरेका छन् । सात वटा शाखाले अति विपन्न सात परिवारलाई सहयोग गरेका छन् ।

लघुवित्तका शाखाहरुले वृद्धा आश्रममा खाद्यान्न तथा फलफूल वितरण, स्वास्थ्य शिविर, अनाथ तथा अति विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, रक्तदान, बालबालिका अध्ययन केन्द्र उद्घाटन कार्यक्रम गरेका थिए ।

जीवन विकासकाे विराटनगर शाखाले सुनसरीको बर्जू गाउँपालिका– २ की एकल तथा अशक्त महिला सहगिया मुखियाका लागि घर निर्माण गरिदिएको थियाे । मुखियाको घर निर्माणका लागि लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डल, नायब प्रमुख कार्यकारी अधिकृत दामोदर रेग्मी, लघुवित्तका कर्मचारी, स्थानीय, जनप्रतिनिधि र लघुवित्तले गठन गरेको थ्रि जिरो क्लबका सदस्यले श्रमदान गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।