नेपालले हङकङमा फ्रेन्डसीप कप र टी-२० आई त्रिकोणात्मक सिरिज खेल्ने

काठमाडौं । नेपालले अर्को साता हङकङमा गएर फ्रेन्डसीप कप र टी-२० आई त्रिकोणात्मक सिरिज खेल्ने भएको छ ।

नेपाल र हङकङबीच फागुन २६ (९ मार्च) मा फ्रेन्डसीप कपको खेल हुनेछ । दुई देशबीचको सम्बन्धको कारण उक्त टी-२० आई खेल हुने हङकङ क्रिकेट बोर्डले जनाएको छ ।

नेपाल, हङकङ र पपुवा न्युगिनीबीच त्रिकोणात्मक टी-२० आई सिरिज हुनेछ । यसअघि नेपाल, ओमान, युएई र हङकङबीच चार देश सम्मिलित टी-२० आई सिरिज हुने भनेपनि नहुने भएको छ ।

त्रिकोणात्मक सिरिजमा फागुन २७ (१० मार्च) मा नेपाल र हङकङबीच खेल हुनेछ । फागुन २९ (१२ मार्च) मा नेपालले पवुवा न्युगिनीसँग खेल्नेछ । दोस्रो खेलमा सोहि दिन हङकङ र पपुवा न्युगिनीबीच दोस्रो खेल हुनेछ ।

फागुन ३० मा त्रिकोणात्मक सिरिजको फाइनलमा पुग्ने दुई टोलीबीच प्रतिस्पर्धा हुनेछ । फाइनलमा नपुग्ने टोलीले हङकङ ए सँग खेल्ने तालिका हुनेछ ।

नेपाली क्रिकेट टोली आगामी जुनमा वेस्टइन्डिज र अमेरिकामा हुने टी-२० विश्वकप अघि व्यस्त छ । घरेलु मैदान त्रिवि क्रिकेट मैदानमा नेपाल, नेदरल्यान्ड्स र नामिवियाबीच त्रिकोणात्मक टी-२० आई सिरिज चलेको छ । नेपालले मंगलबार फाइनलमा नेदरल्यान्ड्स र नामिबियामध्ये एक टोलीसँग खेल्नेछ ।

त्यसलगत्तै नेपाल हङकङ जानेछ । हङकङबाट फर्केपछि घरेलु मैदानमा आयरल्यान्ड ए सँग पाँच खेलको टी-२० सिरिज खेल्ने तालिका छ ।

त्यसपछि नेपाल भारतमा बरोडा र गुजरातसँग टी-२० त्रिकोणात्मक सिरिज खेल्न जानेछ । सिरिज सकेलगत्तै एसीसी प्रिमियर कप खेल्न ओमान जानेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।