पाख्रीबासमा सम्पन्न नि:शुल्क  स्वास्थ्य शिविरमा ४ सय ७९  जनाले लिए स्वास्थ्य सेवा

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका र धनकुटा नगरपालिकाको संगम स्थल उत्तरपानी स्थित श्री आधार भुत विद्यालयमा आयोजना गरिएको निशुल्क  स्वास्थ्य शिविरमा ४ सय ७९  जनाले स्वास्थ्य सेवा लिएका छन्।

 

पाख्रीबास नगरपालिका , नोबेल मेडिकल कलेज  टिचिङ हस्पिटल विराटनगरको  संयुक्त आयोजनमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो।

शिविरमा स्त्री रोग  प्रशुती    सम्बन्धि     विशेषज्ञ सेवा, भिडियो एक्सरे सेवा, दन्त परीक्षण,  हाडजोर्नी    ,    नशा ,  छाला तथा यौन रोग , ल्याब परिक्षण ,रगत ,पिशाव जाच ,ईसिजि मुटु जाँच नाक ,कान ,घाँटी  उपचार र  निःशुल्क औषधि वितरण सेवासमेत प्रदान गरिएको छ। 

  शिविरमा नोबेल टिचिङ हस्पिटल स्वास्थ्यकर्मी टोली   पाख्रीबास नगरपालिका स्वास्थ शाखाका   स्वास्थ्यकर्मी लगायतले  सेवा दिएका थिए। शिविरमा पाख्रीबास नगरपालिकाको ९ र १० , धनकुटा नगरपालिकाको ९ र १०नं वडाका ४ सय ७९  नागरिकले स्वास्थ्य सेवा लिएको  पाख्रीबासनगरपालिकाको स्वास्थ शाखा प्रमुख बसन्त निरौलाले   जानकारी दिनुभयो ।शिविरमा महिला २ सय ९२  जना पुरुष १ सय ८८ जनाले स्वास्थ जाँच गरिएको थियो। जसमध्ये धनकुटा नगरपालिकाको १ सय ९६ र पाख्रीबास नगरपालिका २ सय ८३ जनाको सहभागीता थियो ।

त्यस्तै, ४६ जनालाई थप उपचारका लागि  रिफर गरिएको आयोजकले जनाएको छ 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖