मंगोल नेशनल अर्गानाइजेशन धनकुटाको जिल्ला सभा पुनर्गठन सम्पन्न

नरेन्द्र कश्चित,धनकुटा । धनकुटाको पाख्रिवासमा मंगोल नेशनल अर्गानाइजेशनको जिल्ला सभा पुर्नगठन कार्यक्रम आज सम्पन्न भएको छ ।

जिल्ला सभा पुर्नगठन कार्यक्रमबाट सेर बहादुर सिंजालीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला सभा गठन सर्वसम्मत चयन गरिएको हो ।जिल्ला सभाको सचिवमा दिनेश याम्फू,सह-सचिवमा देव कुमार सिंजाली,प्रचार प्रसार सचिवमा लमी राई,कोषाध्यक्षमा कृष्ण गुरुङ्ग सर्वसम्मत चयन गरिएको छ भने सदस्यहरुमा दुर्गा बहादुर तामाङ्ग,तुलाराम मगर,सोनिसा राई,सरु राई,सिर्जना राई,सनिशा राई,गोपाल तामाङ्ग,दिपक मगर,सिताराम राई,कुलमान राई,बिनु आले लगायतका सर्वसम्मत चयन गरिएको छ ।

मंगोल नेशनल अर्गानाइजेशन केन्द्रीय सभा प्रचारप्रसार सचिव श्याम लिम्बूको प्रमुख आतिथ्यमा धनकुटा जिल्ला सभा पुर्नगठन कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा मंगोल नेशनल अर्गानाइजेशन केन्द्रीय सभा सदस्य बगलमान राई,विकेन राई,कोशी प्रदेश अध्यक्ष सागर राई,कोशी प्रदेश सदस्य अनिल राई,तेजनारायण चौधरी,भोजपुर जिल्ला अध्यक्ष राज कुमार राई,तेह्रथुम अध्यक्ष विजयराज लिम्बू लगायतकाको उपस्थिति रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖