धनकुटा एमाले अध्यक्षमा शिव आङ्ला लिम्बु

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी(एमाले)धनकुटाको अध्यक्षमा शिव आङ्ला बिजयी भएका छन् ।

अन्तिम नतिजा अनुसार आङ्लाले ३१४ मत प्राप्त गर्दै विजयी भएका छन् भने वहांका प्रतिस्पर्धी निरेन तामाङले २०७ मत प्राप्त गरेका छन् ।

अध्यक्ष आङ्लाको टिमबाट उपाध्यक्षमा चिन्तन तामाङले २९४, सचिवमा पर्शुराम नेपाल २९६ , उपसचिवमा नैन विश्वकर्मा २९६ र तुलसी राई २८५ मत ल्याई प्यानलै बिजयी भएका छन् ।

यसैगरि तामाङ प्यानलमा उपाध्यक्षमा मनोज राई २०९ , सचिवमा शेरबहादुर लिम्बू १९६ र उपसचिवमा गोपाल भट्टराई १८७ र मनकुमारी तितुङ (तारा) ले २२६ मत प्राप्त गरेका छन् ।

लेखा समितिका ७ जना सहित ५५ सदस्य सर्वसम्मत चयन भएपछि पदाधिकारी र ३५ जना सदस्यका लागि मतदान भएको थियो ।

जेठ १२ देखि धनकुटा नगरपालिका-६ स्थित सामुदायिक भवनमा सुरु भएको आठौं जिल्ला अधिबेशनमा हिजो सम्म सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि मतदान भएको थियो । निर्वाचनमा ५ सय ४८ प्रतिनिधि सहभागी थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖