रौतहटमा ४१ बर्षको ईतिहास ब्रेक, बिना अबरोध निकालियो झन्डी

सञ्जय मिश्रा /रौतहट,२५ साउन।रौतहटको ईशनाथ नगरपालिकामा ४१ बर्षको ईतिहाँसमा पहिलो पटक बिना बाधा अवरोध बिना झन्झट हिन्दू समुदायले मनाउने झण्डी  शान्तिपूर्ण तरिकाले निकालिएको छ।

 

रौतहटका सिडियो हिरालाल रेग्मीको बिशेष पहल, र सक्रियताले ईशनाथ ७ घिउरा गाउँबाट शुक्रवार शान्तिपूर्ण तरिकाले हनुमानको झण्डी निकालिएको हो।

 

घिउरा स्थित हिन्दू समुदायले मनाउने झण्डी पूर्वमा कुनै अप्रिय नहोस भनेर शुक्रवार बिहानै देखी सुरक्षार्थ ५०० भन्दा बढी प्रहरी परिचालन गरिएको थियो। ईशनाथ ७ घिउरा गाउँ स्थित हनुमान मन्दिरमा पूजा अर्चना पश्चात झण्डी निकाल्ने क्रममा हिन्दू मुस्लिम बिच साम्प्रदायिक सद्भाव नविग्रियोस् भनेर बिशेष सजगता अपनाईएको थियो।

 

सिडियो हिरालाल रेग्मी, नेपाली सेनाका कर्णेल किशोर श्रेष्ठ ,नेपाल प्रहरीका एसपि दिलीप घिमिरे सशस्त्र प्रहरीका एसपि बिक्रम हुमागाईं, राष्ट्रिय अनुसन्धानका एसपी अभिनय कुमार सिंह समेत फिल्डमा खटिएका थिए।

 

प्रत्येक बर्ष साउन पञ्चमी अर्थात नाग पञ्चमीको दिन जस्तै आज शुक्रवार ईशनाथ ७ घिउरा गाउँ स्थित हनुमान मन्दिरमा पूजा अर्चना गरी गाजाबाजा सहित त्यहाँ बाट झण्डी लिएर सैयौंको संख्यामा हिन्दु समुदायका मानिसहरू गाउँ भन्दा उत्तर पोखरीको डिल हुँदै छोटका घिउरा गाउँमा थिए। छोटका घिउरा गाउँमा झण्डी मिलान गरी भारतीय क्षेत्र नरकतिया पोखरीमा पुर्याईएको स्थानिय समाजसेवी आमाज्ञा ठाकुरले बताए। परापूर्वकालमा देखी घिउरा बाट हनुमानको पूजा गरी झण्डी गएपछि मात्र भारतीय गाउँ नरकतियामा मेला लाग्ने गरेको समाजसेवी ठाकुरले जानकारी दिएका छन।

 

शुक्रवार मन्दिरमा पूजा अर्चना पछि अपरान्ह झण्डी सहित गाउँ घुम्दै गन्तब्य सम्म पुग्दा कुनै बाधा अड्चन बादविवाद नभएको सिडियो रेग्मीले जानकारी दिएका छन्। गाउँको उत्तर तर्फ बाकलो बस्ती रहेको मुस्लिम समुदायका मानिसहरूले बिगतमा हिन्दूहरूले झण्डी लिएर आउने क्रममा बिभिन्न प्रकारले बाधा उत्पन्न गर्दा दुई समुदाय बिच झडपको अवस्था उत्पनन हुने गर्थ्यो।

विगत वर्षहरूको जस्तो ईशनाथमा सम्प्रदायिक सदभाव नबिग्रोस भनेर बिहिवार जिल्ला सुरक्षा समितिको बैठकले निर्णय गरेर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो।

४१ बर्ष अघि तत्कालीन सिडियो पुण्य प्रसाद लुइटेलले बिभिन्न राजनितिक दवाबमा परेर घिउरा गाउँबाट झण्डी लिएरजाने टोलिमा बढीमा ४१ जना मानिस सहभागी हुने र वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने निर्णय गरेका थिए।

सोही निर्णयको आधारमा प्रत्येक बर्ष हुने बिबादलाई जरा देखिनै हटाउन केही दिन अघि जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षिय बैठक बसेर उक्त निर्णय खारेज गरी झण्डी लिएर स्थानिय मानिस मूल बाटो भएर सानो घिउरा जाने निर्णय गरेको सिडियो रेग्मीले बताएका छन।

 

साथै ईशनाथ नगरपालिकाको समन्वयमा स्थानिय नागेन्द्र ठाकुरको संयोजकत्वमा ११ सदसिय झण्डी मेला व्यवस्थापन समिति गठन गरिएको उनले बताए।पूर्व गाविस अध्यक्ष सेख पहाडीका साथै मुस्लिम समुदायका अगुवाहरुलाई सम्झाई बुझाई गर्दा अवस्था अझ सहज बनाउन सफल भएको एसपी दिलीप घिमिरेले जानकारी दिएका छन। उनले झण्डी मेला शान्तिपूर्ण तरिकाले सम्पन्न गराउन शुक्रवार विहानै देखी ईशनाथ नगरपालिका र भारतीय नाकामा अघोषित नाकाबन्दी गरिएको थियो।

 

ईशनाथ नगरपालिकाकी मेयर प्रत्यासी अन्जु झाले ४१ बर्ष पछि झण्डी लिएर मात्र ४१ जना जान पाउने ऐतिहाँसिक निर्णय खारेज हुँदा दुबै समुदायको लागी राम्रो भएकाले स्थानीयहरू खुसी भएको बताएकी छिन्। बिगतमा झण्डीकै बिषय लिएर दुई समुदाय बिच तनाव हुँदा कसैको लागी पनि राम्रो नहुने झाको भनाई रहेको छ।
 उल्लेखनीय छ गत फागुन महिनामा घिउरा गाउँमा सरस्वतीको मूर्ति सेलाउने विषयमा झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो । 

 

ईशनाथ नगरपालिका–७ घिउरा टोलमा सरस्वतीको मूर्ति सेलाउने विषयमा दुई पक्षबीच झडप हुँदा प्रदेश प्रहरी प्रमुख डिआईजी यज्ञ बिनोद पोखरेल परिचालित भएका थिए। भारतीय सीमामा संग जोडिएको ईशनाथ नगरपालिका स्थित विगतमा झण्डिको बिषय लिएर दुई समुदाय बिच बिवाद भएपछी हजारौँ भारतीय नागरिक आएर बिवाद चर्काउने गरेका थिए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।