एमाले धनकुटाद्वारा सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्च गठन
धनकुटा । एमाले जिल्ला कमिटी धनकुटाको बैठकले जिल्ला सल्लाहकार कमिटी र ज्येष्ठ कम्युनिष्ट मञ्च गठन गरेको छ ।
एमाले नेता भीम राईको अध्यक्षतामा ८९ सदस्यीय जिल्ला सल्लाहकार कमिटी गठन गरिएको छ । समितिको उपाध्यक्षमा इन्द्र पौडेल र सचिवमा लोकेन्द्र चापागाइँलाई चयन गरिएको छ ।
यता, रामबहादुर श्रेष्ठको अध्यक्षतामा ९५ सदस्यीय ज्येष्ठ कम्युनिष्ट मञ्च गठन गरिएको हो । समितिको उपाध्यक्षमा अगमबहादुर थापा र सचिवमा कुलबहादुर तितुङ चयन भएका छन् । उनीहरूलाई एमाले केन्द्रिय उपाध्यक्ष गुरु बरालले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् ।


