एनईएससीद्वारा युरोपमा रहेका नेपालीलाई जोड्न विभिन्न गतिविधि गर्दै

अष्ट्रिया । सन् २०२० मा स्थापित नेपाली युरोपियन खेलकुद संघ (एनईएससी)ले युरोपमा रहेका नेपालीलाई जोड्न विभिन्न गतिविधि गर्दै आएको छ ।

आपसी सद्भाव र भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले संघले विभिन्न अवसर पारेर युरोपमा रहेका नेपालीलाई भेला गरेर विविध कार्यक्रम सञ्चालन गर्दै आएको अध्यक्ष दिलकुमार घमालले बताए । संघले हालै वनभोज र संघको कार्यसमितिमा नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई प्रमाणपत्र वितरण गरेको छ । अष्ट्रियाको पर्यटकीय सहर इन्स्ब्रुकमा आयोजित कार्यक्रममा संघका अध्यक्ष घमालले पदाधिकारी र सदस्यलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराका साथ स्थापित संघले नेपाली राष्ट्रिय खेलका रुपमा रहेको भलिबलको युरोपमा विकास र प्रवद्र्धन गर्दै आएको छ । संघले युरोपका विभिन्न मुलुकमा हुने भलिबल प्रतियोगितामा समेत सहभागिता जनाउँदै आएको छ ।

वनभोजसहित प्रमाणपत्र वितरण समारोहमा अष्ट्रियामा लामो समयदेखि विभिन्न पेशा र व्यवसायमा संलग्न व्यक्तिहरुको सहभागिता रहेको थियो । सो अवसरमा नेपालका विभिन्न जातीय पहिचान झल्कने सांस्कृतिक गीत र नृत्यसमेत प्रस्तुत गरिएको अध्यक्ष घमालले जानकारी दिए । संघले आगामी अक्टोबर २७ तारिखमा आयोजना गर्ने भलिबल प्रतियोगिताको तयारीका विषयमा समेत छलफल भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।