यस्तो छ यस वर्षका लागि इन्द्रजात्राको साइत

काठमाडौँ । यँःया (इन्द्रजात्रा) मूल समारोह समिति र यँःया (इन्द्रजात्रा) व्यवस्थापन समितिका पदाधिकारीहरुका बिचमा जात्रा सञ्चालन, व्यवस्थापन र समन्वयका विषयमा छलफल भएको छ ।

सहरी योजना आयोगको सभा कक्षमा भएको छलफलमा यस वर्षका कार्यक्रम सञ्चालन गर्न विगत वर्षका क्रियाकलाप र खर्च समीक्षा गरिएको थियो । वैठक यस वर्षका क्रियाकलापलाई  स्वचालित बनाउने, गुठियार तथा साझेदारहरुलाई प्रोत्साहित गर्ने, श्रद्धालु र जात्रा अवलोकनका लागि आउनेहरुको अवलोकन सहज बनाउने विषयमा केन्द्रित थियो ।

गएका बर्षहरुमा जात्रा सञ्चालनका लागि प्रदान गर्नु पर्ने रकम समयमा प्राप्त हुन नसकेकोले कार्य सञ्चालन कठिन भएको व्यवस्थापन समितिका पदाधिकारीले गुनासो गरेपछि समितिका संयोजक आशामान संगतले, खर्च नभएका कारण जात्राका क्रियाकलाप नरोकिने बताए । ‘खर्च नभएकै कारण यस अघि रोकिएका क्रियाकलापलाई हामी पुनःस्थापना गर्दैछौँ । राष्ट्रिय पर्वका क्रियाकलाप रोकिन दिन त कुरै आउँदैन ।’ उनले थप गर्दै भने, ‘कुरा यत्ति हो । सार्वजनिक कोषबाट हुने खर्च प्रचलित कानुनले निर्दिष्ट गरेको व्यवस्थाबमोजिम हुन्छ ।’ आफ्नो भौगोलिक क्षेत्रभित्र सञ्चालन हुने हरेक जात्रा र पर्वको महानगरपालिकाले अभिभावकत्व लिने संयोजक संगतको भनाइ थियो । 

बैठकबाट जात्रा सञ्चालनका लागि उत्साहित भएका छौँ । व्यवस्थापन समितिका अध्यक्ष गौत्तमरत्न शाक्यले भने, ‘महानगरपालिका र व्यवस्थापन समिति एकै ठाउँमा भएर जात्रा सञ्चालन गर्दैछौँ । यसबाट व्यवस्थापनमा सहजता आउनेछ ।’

वैठकमा जात्रा सञ्चालन कोषमा रकम उपलब्ध गराउने, गुठियारहरुलाई परेका समस्याको सुनुवाई गरेर सहजीकरण गर्नेलगायत विषयमा कुराकानी भएको थियो । समितिका उपाध्यक्ष दिपकप्रसाद श्रेष्ठले भने, ‘समयमा निर्णय गर्न पाए जात्राका क्रियाकलापको तयारीलाई व्यवस्थित गराउन सकिन्छ । हतारमा हुने काममा केही न केही छुट्छ नै ।’     

यस वर्षका लागि इन्द्रजात्राको साइत आइसकेको छ । यसअनुसार भोलि विहान १० बजेर ४७ मिनेटको साइतमा हनुमान ढोकाबाट वनयात्रा सुरु हुन्छ । वेलुका ८ बजेर २७ मिनेटको साइतमा वृक्षकर्तन हुन्छ । 

२६ गते बुधबार विहान १० बजेर ३२ मिनेटको साइतमा लिङ्गो सहर प्रवेश गराइन्छ । भदौ ३० गते आइतबार विहान ८ बजेर २६ मिनेटको शुभ साइतमा इन्द्रध्वज उत्थान हुन्छ । 

असोज १ गते मंगलबार कुमारी रथ यात्रा सुरु हुन्छ । यस दिन राष्ट्रप्रमुखसहित विशिष्ट पदाधिकारीहरुले गद्दी बैठकबाट कुमारीको दर्शन गर्ने चलन छ । यस दिन तल्लो टोलमा रथ यात्रा हुन्छ । असोज २ गते बुधबार माथिल्लो टोलमा रथ यात्रा हुन्छ । असोज ५ गते शनिबार नानिचा यात्रा हुन्छ । यसै दिन राती १० बजेर ३१ मिनेटको साइतमा इन्द्रध्वज ढालेपछि जात्राका कार्यक्रम सकिन्छन् ।   
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖