बर्दिवासमा निर्माणाधीन रेल्वे स्टेशन र ट्रयाकमा राजश्व छली भएको भन्दै अख्तियारमा उजुरी

बिशाल बस्नेत/२० भदौ, महोत्तरी । महोत्तरीको बर्दिवासमा निर्माणार्थ रेल्वे स्टेशन र  ट्र्याकमा करोडौ राजश्व छली भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

स्थानिय नागरिक समाजले उक्त स्टेशन र ट्र्याक निर्माणार्थ प्रयोग भएको नदीजन्य पदार्थमा स्थानिय सरकारको मिलोमतोमा नै राजश्व छली भएको दावी सहित उजुरी दिएका हुन   ।

निर्माणस्थलमा झण्डै ९ लाख घनमिटर नदीजन्य पदार्थको राजश्व मिलोमतोमा नै छली भएको र राज्यलाई तिर्नुपर्ने १६ करोड ९२ लाख करको विषयमा छानविन गर्न उजुरीमा माग गरिएको छ ।

नाम नखुलाउने सर्तमा निवेदकले प्रमाणसहित नगरप्रमुख प्रल्हाद कुमार क्षेत्री, स्थानिय प्रशासन, ठेक्केदार र समन्वय समितिलाई विपक्षी वनाएर निवेदन दर्ता गराएको वताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि निर्माणाधिन क्षेत्रमा करोडौ राजश्व छली गरेको व्यहोरामा निवेदन दर्ता भएको वताएको छ ।

अनुसन्धान  प्रक्रिया अगाडि वढेको हुनाले निवेदकको गोपिनियता र अनुसन्धानलाई ध्यानमा राख्दै थप सुचनाहरु दिन नमिल्ने केन्द्रिय कार्यालय टंगालले जनाएको छ ।

यता राजश्वको विषय नगर क्षेत्रमा  पेचिलो वन्दै गएको छ । व्यक्तिका जग्गाहरु उत्त्खनन गरेर निर्माणस्थलमा पुर्‍याएको फेला परेपछी शंका गर्ने आधारहरु देखिएको स्थानीयहरूले वताएका छन ।

निजि जग्गावाट उत्त्खनन गर्दा पारम्भिक वातावरण परिक्षण गरी नगरवाट स्वीकृति लिएर राजश्व तिरेपछि मात्र किनवेच गर्न पाउने प्राधान छ तर स्थानिय सरकार र समन्वय समितिको नै आडमा निर्वाध ओसारपसार भएको क्रसर व्यवसायी हर्क लामा वताउछन ।

जयनगर, जनकपुर, विजुलपुरा र भंगहा–बर्दिबास ब्रोडगेज रेल मार्गको ६९ किलोमिटर मार्गमा बनेका  एक दर्जन स्टेसन, हल्ट र जक्सन मध्ये मुख्य स्टेशनकोरुपमा निर्माणाधीन रेल्वे स्टेशन र वरपरको ट्रयाकमा भैइरहेको नदीजन्य पदार्थको राजश्व छली भएको आशंका गर्दै जिल्ला समन्वय समितिले रेल्वेलाई पत्र समेत पठाएको छ ।

निर्माणस्थलमा थुपारिएको नदीजन्य पदार्थको स्रोतको विषयमा प्रश्न उठेपछि विवरणहरु बुझाउन दुई पटक पत्र पठाएतापनी उनीहरुले अहिलेसम्म नपठाएको समन्वय समिति प्रमुख सुमन कर्णले जानकारी दिए ।

‘उत्त्खननलाई दुई प्रकारले हेर्नुपर्छ एउटा राजश्व र अर्को वातावरण, यी दुवैमा मापदण्ड पुगेको छ भने वैधानिक नै हुन्छ ।’ प्रमुख कर्णले भने । ‘यी भनेका राज्यको ढुकुटी हुन यसलाई कसैले छल्नु भनेको अपराध हो, जोसुकै भएतापनी कानुनको दायरामा आउछन र छानविन प्रक्रिया अगाडी वढाउनु पर्छ ।’

अहिले नगर क्षेत्रको ३ वटा प्याकेजमा काम भईरहेको छ । भव्सी पूलदेखि रेल्वे पुलसम्म बजरंग जेभी अमर, रेल्वे पुलमा कालिका र  स्टेशनमा डीएनएन जेभीले निर्माण ठेक्काको जिम्मेवारी लिएर काम गरिरहेका छन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।