पाख्रिबासको ‘रमाइलो दशैं मेला २०८१ ’ मा सन्ध्या बुढा
धनकुटा । दशैंको अवसर पारेर धनकुटाको पाख्रिबासमा दशैं मेला जारी छ । पाख्रिबास ४ स्थित जालपादेवी माबिको खेल मैदानमा रमाइलो दशैं मेला २०८१ चलिरहेको छ ।
मेलामा चर्चित राष्ट्रिय कलाकारहरुले पनि प्रस्तुति दिंदै आएका छन् । जस अन्तर्गत भोलि कार्तिक ४ गते चर्चित हांस्य कलाकार तथा गायिका सन्ध्या बुढा “काउली बुढी” ले आफ्नो प्रस्तुति दिनेछन् ।
मेला असोज गत २५ गते देखि सुरु भएर कार्तिक १० गते संचालन हुनेछ ।
मेलामा रोटेपिंग,हाउजी लगायतका विभिन्न मनोरन्जनात्मक खेलहरुको पनि आयोजना भइरहेको छ ।


