चर्चा बटुल्दै बेलबारीको द्रब्य ब्याण्ड ! सार्बजनिक गर्यो ‘बुकि फूल’

इटहरी। मोरङको बेलबारीमा स्थापना भएर चर्चा बटुल्दै गैरहेको द्रब्य ब्याण्डले आफ्नो नयाँ गीत ‘बुकि फूल’ सार्वजनिक गरेको छ । कार्तिक १४ गते बेलबारी महोत्सवमा एक विशेष कार्यक्रम आयोजना गर्दै यो गीतको भिडियो सार्वजनिक गरिएको हो ।

उक्त कार्यक्रममा प्रमुख अतिथीको रुपमा रहेका कोशी प्रदेश प्रहरी प्रमुख डिआईजी चन्द्र कुबेर खापुङले रिमोट थिचेर भिडियो सार्वजनिक गरेका थिए ।

‘बुकि फूल’को शब्द तथा संगीत मविन्द्र राईले तयार गरेका हुन् भने टिकाहाङ लिम्बूले स्वर दिएका छन्, उनी सो ब्याण्डका भोकलिष्ट हुन् । यस्तै सन्देश थारूले गितार, अवय थापा मगरले ड्रम र सुनिल श्रेष्ठले बास गितारमा साथ दिएका छन् । ब्याण्ड म्यानेजरको रूपमा प्रकाश गुरुङ रहेका छन् भने गीतको एरेन्ज स्वश्वत श्रेष्ठले गरेका छन् ।

सार्वजनिक भिडियोमा आइसा तामाङ र निर्मल राईको आकर्षक अभिनय देख्न सकिन्छ । भिडियोमा फिचर्ड मोडलहरुलाई मेकअप सल्मा थापा मगरले गरेका छन् भने सम्पादन अनिल रानाले गरेका छन् । यो म्युजिक भिडियोको निर्माण सन्तोष रेग्मीले गरेका हुन् । भिडियोको छायांकन तथा निर्देशन भुपेन्द्र तुम्बाहाम्फेले गरेका छन् । भिडियो थैली इन्टरटेन्मेन्टले पोष्ट प्रोडक्सन गरेको हो । भिडियोलाई द्रब्य ब्याण्डकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

https://youtu.be/aCs5gnOK8CI

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।