धनकुटामा यसरी सम्पन्न भयो एभोकाडो सहित स्थानीय उत्पादनको प्रदर्शनी(फोटो फिचर)

धनकुटा । धनकुटामा एभोकाडोसहित स्थानीय उत्पादनहरुको प्रदर्शनी गरिएको छ । धनकुटा नगरपालिकाले स्थानीय उत्पादनको प्रवद्र्धन र किसान एवं उद्यमीहरुलाई प्रोत्साहनका लागि नगरपालिकाको प्राङ्गणमा मगलबार एक दिने प्रदर्शनी आयोजना गरेको हो ।

पूर्व राज्यमन्त्री एवं प्रदेश सभा सदस्य निरन राईले दिप प्रज्वलन गरेर प्रदर्शनी उद्घाटन गरे । कार्यक्रममा बोल्दै सांसद राई, जिल्ला समन्वय समिति प्रमुख निरेन तामाङ, धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ लगायतले प्रदर्शनीले स्थानीय उत्पादनको प्रवद्र्धनमा सघाउ पुर्याएको धारणा राखे ।

स्थानीय किसानले फलाएका फलफूल, तरकारीसहित स्थानीय उद्योगले उत्पादन गरेका वस्तुहरु प्रदर्शनीमा राखिएको थियो । २२ वटा स्टलमार्फत गरिएको प्रदर्शनीमा एभोकाडोका स्टल धेरै थिए । प्रदर्शनीमा एउटै एभोकाडो १ किलो २३० ग्रामसम्मको थियो ।

बिहान १० बजेदेखि साँझ ५ बजेसम्म भएको प्रदर्शनीमा करिब १ हजार ४ सय जनाले स्थानीय उत्पादन अवलोकन गरेको धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईले जानकारी दिए । पाँच बर्षअघि नगरलाई एभोकाडोको राजधानी घोषणा गरेर धनकुटा नगरले यसको प्रवद्र्धनमा विभिन्न गतिविधि गर्दै आएको छ । धनकुटामा अहिले ४ हजार ९ सय २६ परिवारले १२ हजार ९९ रोपनी क्षेत्रफलमा एभोकाडो खेति गर्दै आएका छन् । एभोकाडो खेति गर्नेको संख्या बर्षेनी बढिरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖