कोशी प्रदेशका ५ कलाकार सम्मान गर्दै बिर्तामोडमा ‘चलचित्र महोत्सव’ सम्पन्न

इटहरी । नेपाल चलचित्रकर्मी संघ कोशी प्रदेशद्वारा आयोजित ‘बिर्तामोड पर्यटन तथा चलचित्र महोत्सव’ झापाको बिर्तामोड नगरपालिका-५, धर्मकाँटा रोडमा सफलतापूर्वक सम्पन्न भएको छ । यो महोत्सवको चलचित्र तर्फका गतिविधिहरु भने सम्पन्न भएको हो । नेपाल तामाङ घेदुङ बिर्तामोड नगरसमितीले आयोजना गरेको मेला तथा साङितिक कार्यक्रम भने यथावत नै रहेको छ । मङ्सिर ३ गतेदेखि सुरु भएको चलचित्र महोत्सव मङ्सिर ९ गते समापन गरिएको हो । समापन समारोहमा कोशी प्रदेशका ५ जना वरिष्ठ कलाकारहरूलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा अभिनेता प्रेम सुब्बा, हेमन्त बुढाथोकी, निर्देशक बिजय केरुङ, कलाकार तथा निर्माता केशव रायमाझी र द्वन्द कलाकार संघका अध्यक्ष विपिन प्रसाईं रहेका थिए ।

कलाकार रायमाझी काठमाडौँमा रहेकाले सम्मान ग्रहण गर्न उपस्थित हुन सकेनन् । महोत्सवको समापन समारोह आयोजक संस्थाका अध्यक्ष केवल तामाङको अध्यक्षतामा सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा केचना-कन्चनजंघा पर्यटन विकास समितिका कार्यकारी निर्देशक केशव कुमार धौराली रहेका थिए । विशेष अतिथिका रुपमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेशका शाखा अधिकृत नारायण भण्डारी र सञ्चार शाखा प्रमुख सौगात लिम्बू रहेका थिए ।

महोत्सवको महत्वपूर्ण कार्यक्रममध्ये ‘अभिनय कार्यशाला’ पनि रहेको थियो । उक्त कार्यशालामा झापाका ३० जना सहभागी भएका थिए । प्रेमगीत र खजुरे ब्रो फिल्मका मनिष राउतले उक्त कार्यशालामा प्रशिक्षण दिएका थिए । फिल्म निर्माणमा स्नातक गरेका र एभरेष्ट फिल्म एकेडेमीमा प्रशिक्षकका रूपमा कार्यरत राउतले सहभागीलाई अभिनयको प्रयोगात्मक ज्ञान दिएका थिए । समापन समारोहमा कार्यशालामा सहभागी सबैलाई प्रमाणपत्र वितरण गरिएको थियो । महोत्सवका क्रममा कोशी प्रदेशमै निर्मित तथा कोशी प्रदेशकै कलाकारहरूको अभिनय समावेश भएका ७ वटा फिल्म प्रदर्शन गरियो ।

ती फिल्महरूमा माङेना, वानर सेना, लिलामे माईला, नालापानी, कृष्णलिला, बिहेपास र चारदाम रहेका थिए । समापन समारोहमा यी फिल्मका निर्माण टिमलाई कदरपत्र प्रदान समेत गरियो । आयोजक संस्थाका अध्यक्ष केवल तामाङले महोत्सवमार्फत कोशी प्रदेशका सिनेमालाई पर्यटनसँग जोडेर प्रवर्द्धन गर्न प्रयास गरिएको बताए । यस्तै खुला चौरमा ठूलो एलईडी स्क्रीनमार्फत फिल्म देखाउने नयाँ शैलीको सुरुवात गरिएको र यसले धेरैको ध्यान आकर्षित गरेको संघका वरिष्ठ उपाध्यक्ष सुबास मेचेको भनाई छ । महोत्सवले झापा जिल्लामा चलचित्र तथा पर्यटनको महत्वलाई बढाउन योगदान गरेको मेचेको भनाइ छ ।

महोत्सवको समापन समारोहमा बिर्तामोड नगरपालिकाका लेखा अधिकृत तेजेन्द्र तामाङ, नेपाल तामाङ घेदुङ बिर्तामोड अध्यक्ष विजय तामाङ, नेपाल पर्यटन बोर्ड सदस्य कृष्ण शाह, किशोर सम्बाहाम्फे, चलचित्र निर्माता युवराज गिरि, तामाङ चलचित्र संघ कोशी प्रदेश अध्यक्ष भिम लामा, द्वन्द कलाकार संघ अध्यक्ष विपिन प्रसाईं, निर्देशक समाज कोशी प्रदेश अध्यक्ष लाखमान योन्जन, निर्माता आरबी थाङ्देन, निर्देशक कुमार केसी, चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेश सचिव सुवास संकल्प श्रेष्ठ र प्रेमगीत ३ अभिनेता मनिष राउतलगायतको उपस्थिति थियो । महोत्सवले चलचित्र र पर्यटनको संगममार्फत बिर्तामोड सहित समग्र कोशी प्रदेशको सांस्कृतिक एवं कलात्मक पहिचान उजागर गर्न मद्दत गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।