दूतावास नभएको देशमा एनआरएनएले सरकारी दूतको रुपमा काम गरेको छ : अध्यक्ष डा बद्री केसी

जापान । गैरआवसीय नेपाली संघ (एनआरएनए) अध्यक्ष डा. बद्री केसीले संघले विदेशमा सरकारको दूतको रुपमा नेपालीहरुलाई सहयोग पु¥याइरहेको बताउनुभएको छ ।

जापानको राजधानी टोकियोमा आयोजित १४ औं नेपाल फेस्टिवल २०२४ को उद्घाटन समारोहमा विशिष्ट अतिथिको रूपमा सम्बोधन गर्दै अध्यक्ष डा. केसीले हाल ८७ देशमा संगठित एनआरएनएले दूतावास नभएको देशमा सरकारको दुतको रूपमा एनआरएनएले काम गरिरहेको बताउनुभएको हो ।

उक्त अवसरमा अध्यक्ष डा. केसीले गैरआवासीय नेपाली नागरिकताको प्राप्तिसँगै अब नेपालमा सानादेखि ठूला लगानी गर्न पनि निर्देशिका बनिसकेको जिकिर गर्नुभयो । विदेशीलाई जसरी नभई नेपाली नागरिक सरह लगानी गर्न पाउने वातावरण मिलाउन थप कानुन बनिरहेको जानकारी गराउँदै उहाँले विदेशमा बस्ने नेपालीले रेमिट्यान्स मात्रै होइन अब लगानी पनि भित्र्याउन सक्ने उल्लेख गर्नुभयो ।

‘नेपाल र नेपालीको जापानमा पहिचान, १४ औं नेपाल फेस्टिवलमार्फत नेपालमा पर्यटन प्रवर्द्धन’ भन्ने मूल नाराका साथ नोभेम्बर ३० र डिसेम्बर १ मा टोकियोको नाकानो सिकिनोमोरी पार्कमा फेस्टिवल जारी छ । एनआरएनए जापानका अध्यक्ष तथा फेस्टिवल मूल आयोजक समितिका संयोजक नविन निउरेको सभापतित्वमा भएको कार्यक्रम जनजाति महासंघ जापानका अध्यक्ष हवल चन्द्र लामाले स्वागत मन्तव्य दिनु भएको थियो ।
नेपाल फेस्टिवल २०२४ एनआरएनए जापान, जापानका लागि नेपाली राजदूतावास र नेपाल आदिवासी जनजाति महासंघ जापानको संयुक्त आयोजनामा गरेको हो ।

नाकानो नगरका मेयर प्रमुख आतिथ्यतामा भएको फÞेस्टिवलमा एनआरएनए जापानका महासचिव टिकाराम खरेल र जनजाति महासंघ जापानकी महासचिव प्रेमिला राईले कार्यक्रम संचालन गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।