डिजिटल वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

विराटनगर । गरीमा बिकास बैङ्क लिमिटेड विराटनगर शाखाले प्रहरी कर्मचारीहरुलाई लक्षित गरी वित्तिय साक्षरता सम्बन्धी प्रशिक्षण प्रदान गरेको छ ।

पुष २ गते दिउँसो कोशी प्रदेश प्रहरी कार्यालयको सभाहलमा प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दहालको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा क्षेत्रीय कार्यालय इटहरीका सुर्य प्रसाद पौडेलले डिजिटल बैङ्किङ तथा बैङ्किङ सुरक्षा सम्बन्धी विषयमा प्रशिक्षण प्रदान गर्नु भएको थियो भने उपस्थित प्रहरी कर्मचारीबाट उठेका जिज्ञासाहरुको सम्बोधन समेत गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि दाहालले डिजिटल वित्तिय साक्षरता सम्बन्धी कार्यक्रमले प्रहरी कर्मचारीहरुलाई डिजिटल बैङ्किङ तथा बैङ्किङ सुरक्षा सम्बन्धी जानकारी हुनुको साथै सचेतना बृद्धि समेत भएकोले प्रशिक्षण प्रदान गर्नु हुने महानुभावहरुलाई विशेष धन्यवाद व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा प्रहरी उपरीक्षक दिपक पोखरेल सहित प्रहरी कर्मचारीहरु तथा गरीमा बिकास बैङ्क लिमिटेड विराटनगरका प्रबन्धक रक्षा भट्ट, कर्जा अधिकृत रिजन लम्सालको उपस्थिति रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖