शिक्षाकर्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड धनकुटाको अध्यक्षमा दाहाल
धनकुटा,१६ पुस । शिक्षाकर्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड धनकुटाको सञ्चालक समितिको अध्यक्षमा हरिप्रसाद दाहाल चयन हुनुभएको छ।
त्यस्तै समितिको उपाध्यक्षमा विनय राई सचिवमा टिकाराम श्रेष्ठ कोषाध्यक्षमा रोहिणी पाण्डे चयन हुनुभएको छ। त्यस्तै सदस्यमा मछिन्द्र बहादुर राई चक्रपाणी सुवेदी हेम कर्ण दाहाल ईश्वरीप्रसाद सुवेदी श्याम सुन्दर सन्त तिलकुमारी राई र शर्मिला राई सर्वसम्मत चयन हुनुभएको छ।
त्यस्तै लेखा सुपरिवेक्षण समितिको संयोजकमा लक्ष्मीप्रसाद सापकोटा चयन हुनुभएको छ। सदस्यमा घनेन्द्र सुब्बा र प्रदीप खतिवडा चयन हुनुभएको निर्वाचन समिति संयोजक विनोदप्रसाद सुवेदीले जानकारी दिनुभयो ।


