लन्डनको एअरपोर्टमा आगलागी हुदाँ २४ घन्टा बन्द, १३५१ उडान प्रभावित

लन्डन, ८ चैत । बेलायतको सबैभन्दा भन्दा ठुलो एअरपोर्ट नजिक आगलागी भएको छ।

जसका कारण युनाइटेड किंगडमको हिथ्रो विमानस्थल शुक्रबार मध्यरातसम्म बन्द हुने भएको छ, जसले हजारौं यात्रुहरूको पुर्ववतयोजनामा जानवाट फस्न पुगेका छन् ।

 

लन्डनको मुख्य एयरपोर्ट, जुन युरोपको सबैभन्दा व्यस्त गेटवे एअरपोर्ट मानिन्छ । सो बिमानस्थलका अनुसार बिमान स्थलमा बिधुत आपूर्ति गर्ने सबस्टेशनमा आगलागीका कारण समस्या देखा परेको छ । 

 

‘हाम्रा यात्रु र सहकर्मीहरूको सुरक्षा कायम गर्नका लागि हिथ्रो २१ मार्चको २४ घन्टा सम्म बन्द रहनेछ,’ हिथ्रो बिमानस्थलले एक्सको एक पोस्टमार्फत जानकारी दिएको छ।

 

‘तत्कालका लागि यात्रुहरूलाई यस एयरपोर्टमा यात्रा नगर्न सल्लाह दिइन्छ र थप जानकारीको लागि तिनीहरूको एयरलाइनमा सम्पर्क गर्नुहोला, हामी असुविधाको लागि क्षमा चाहन्छौं।’

 

उडान ट्र्याकिङ वेबसाइट फाइट राइडर २४ले भन्यो कि, यो बन्दले कम्तीमा १३५१ उडानहरूलाई असर गरेको छ।’

 

‘हामी यात्रुहरूलाई एयरपोर्टमा यात्रा गर्नबाट रोक्न प्रयास गर्दैछौं, र त्यसपछि ढिलाइ, डाइभर्ट वा रद्द गरिएका उडानहरूमा एयरलाइन साझेदारहरूसँग काम गर्छौं,’ हिथ्रोका प्रवक्ताले पत्रकारहरूसँग भने, ‘यात्रुहरूले पुनः बुकिङमा कायम गर्न एयरलाइन साझेदारहरूसँग सम्पर्क गर्न सक्छन्।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖