बिमस्टेकमा हस्ताक्षर समारोह सुरू

काठमाडौं, २१ चैत । थाइल्याण्डमा जारी बिमस्टेक सम्मेलनमा हस्ताक्षर समारोह सुरू भएको छ । 

 

जसअनुसार बैंककमा बिमस्टेक शिखर सम्मेलनको क्रममा सामुद्रिक यातायात सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । याे पहिलाे हस्ताक्षर समाराेह हाे, जहाँ नेपालका पराराष्ट्र मन्त्री अारजु राणाले हस्ताक्षर गरेकी छिन् ।  उनले नेपालकाे तर्फवाट समृद्ध, लचिलो र खुला बिमस्टेकलाई साकार पार्न बलियो राजनीतिक इच्छाशक्तिको आवश्यकतामा जोड दिँदै क्षेत्रीय सहयोगप्रति नेपालको प्रतिबद्धता जनाएकी छिन् ।
 

नेपाल संस्कृति, पर्यटन र गरिबी निवारणमा क्षेत्रीय सहयोग अभिवृद्धि गर्न प्रतिबद्ध रहेकाे पनि उनले उल्लेख गरेकी छिन् । उनका अनुसार जलवायु परिवर्तन र विपद् पूर्वतयारीमा थप सहयोगका लागि आह्वान गरिएको छ । विपद् व्यवस्थापनमा बिमस्टेक उत्कृष्टता केन्द्र स्थापना गर्न भारतको पहललाई स्वागत गरेकी छिन भने  लचिलो पूर्वाधार र एआई संचालित समाधानहरूको आवश्यकतामा जोड दिइएकाे छ ।

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖