चैत १५ घटनाः राप्रपाले माग्यो गृह मन्त्री लेखकको राजिनामा

काठमाडौं, २१ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत १५ गते काठमाडौं, तीनकुनेको प्रदर्शनमा दमन भएको भन्दै छानबिनको माग गरेको छ ।

 

कार्यबहाक प्रधानमन्त्री प्रकाशमान सिंहलाई एक ज्ञापन पत्र बुझाउँदै राप्रपाले गृह मन्त्री रमेश लेखकको पनि राजिनामा माग गरेको हो ।

 

अध्यक्ष राजेन्द्र लिङदेन, बरिष्ठ नेता पशुपति शमशेर राणासहितले आज सिंहदरबारमा राजावादीहरूको प्रदर्शनमा भएको हिंसात्मक झडपका बारेमा छानबिन गर्नका लागि सर्वोच्च अदालतको न्याययधिसको नेतृत्वमा स्वतन्त्र छानबिन आयोगको माग गरेको हो ।

 

‘सर्वोच्च अदालतको पुर्व न्यायधीसको अध्यक्षतामा मानवअधिकार आयोग, नागरिक समाज सम्मिलित स्वतन्त्र छानबिन आयोग गठन’ र ‘छानबिनका लागि गृह मन्त्रीको राजिनामा, चैत १५ गते दमनमा नेतृत्व गर्ने प्रहरी प्रमुख र प्रशासकीय नेतृत्वको निलम्बन’ सहित ५ वटा माग राखेको हो ।

 

जसअनुसार मृतकहरू सबिन महर्जन र सुरेश रजकलाइ सहिद घोषणा तथा क्षतिपुर्तिको ब्यवस्था, राप्रपा नेताहरू रबिन्द्र मिश्र र डा. धवल शमशेर राणालगायत अन्य माथीको झुटा मुद्दा खारेजी र निर्दोषहरूको रिहाइ तथा घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गरिनु पर्ने राप्रपाको माग रहेको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।