वरियता मिच्दै ६ जना एआइजीको बढुवा सिफारिस, प्रहरीमा व्यापक असन्तुष्टि

काठमाडौं, ४ बैशाख । गृह मन्त्रालयले नेपाल प्रहरीका ६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवाका लागि सिफारिस गरेको छ।
 
गृह मन्त्रालय बढुवा सिफारिस समितिको बिहीबार बसेको बैठकले ६ जना डिआइजीलाई एआइजी बढुवामा सिफारिस गरेको हो।  बढुवा सिफारिसमा परेकामा चन्द्रकुबेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोजकुमार केसी रहेका छन्। 
 
खापुङ, आचार्य र शर्मा हालका प्रहरी महानिरीक्षक दीपक थापाको वैकल्पिक ब्याचका अधिकृत हुन्।  नेपाल प्रहरीमा रिक्त ६ जना एआइजी थिए। समितिको यो निर्णय मन्त्रिपरिषदबाट अनुमोदन गरेपछि बढुवा सूचीमा परेकाले दर्ज्यानी चिन्ह पाउने छन्। 
 
यो सिफारिसमा राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा स्थानान्तरण भएको टोली छुटेको छ। सिफारिसमा २०५४ सालमा भर्ना भएको टोलीमा समेत वरियता मिचिएको छ।  यो टोलीका कार्कीलाई पहिलो वरियतामा बढुवा सिफारिसमा गरिएको छ। दोस्रो वरियतामा रहेका केसीलाई तेस्रो र तेस्रोमा रहेका अधिकारीलाई दोस्रो नम्बरमा सिफारिस गरिएको छ। 
 
केसी नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहको अनुसन्धान सुरू गरेका अधिकृत हुन्। उनी यो सिफारिसमा अन्तिम समयमा मात्रै अटाएका छन्। उनलाई बढुवाबाट रोक्ने प्रयत्न भएको थियो।  तेस्रो वरियतामा रहेका अधिकारी प्रधानमन्त्री केपी ओलीनिकट थिए। उनलाई दोस्रो वरियतामा तान्दा केसी धकेलिएका छन्। 
 
‘अधिकारीलाई अगाडि ल्याउने र केसीलाई बढुवामै छुटाउँदा नकारात्मक सन्देश जाने भएपछि अन्तिम समयमा उनलाई सिफारिसमा समेटिएको हो,’ बढुवा समिति स्रोतले भन्यो।  उक्त स्रोतका अनुसार केसीलाई छुटाएर २०५३ को टोलीबाट सिद्धिविक्रम शाहलाई समावेश गर्न खोजिएको थियो। अन्तिम समयमा तेस्रो वरियतामा चित्त बुझाउन केसी तयार भएपछि बढुवा समितिले सूची निकालेको उक्त स्रोतले बतायो।  
 
केसीले भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण, एमाले सचिव टोबहादुर रायमाझीलगायत रहेको ‘गिरोह’को फाइल खोलेका थिए। उक्त प्रकरणपछि राजनीतिक शक्तिकेन्द्र केसीसँग चिढिएको थियो।  भावी प्रहरी महानिरीक्षकको प्रतिस्पर्धासमेत रहेको यो बढुवा सिफारिसमा कार्की सबैभन्दा ‘सुरक्षित स्थान’मा छन्। 
 
२०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागबाट स्थानान्तरण भएर आएको टोलीका डिआइजीहरू सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदीलगायत छुटेका छन्।  नेपाल प्रहरीमा विद्यमान तीस वर्षे कार्यकाल कायम रहे हालका प्रहरी महानिरीक्षक दीपक थापा २०८२ भदौ ५ मा अवकाशमा जान्छन्।
 
अहिले बढुवा सिफारिसमा परेका खापुङ  भदौ ५ पछि दुई महिना प्रहरी नेतृत्वमा पुग्छन्। आचार्य जेठ र शर्मा भदौमा अवकाशमा जान्छन्। खापुङपछि नेतृत्वमा पुग्ने टोलीको सुनिश्चितता अहिलेको बढुवा सिफारिसले गरेको छ। सिफारिसमा परेका कार्की खापुङपछि प्रहरी नेतृत्वमा पुग्छन्। 
 
आचार्य र शर्मा अवकाशमा जाँदा २०५३ मा राष्ट्रिय अनुसन्धान विभागबाट स्थानान्तरण भएको टोलीका दुई जना एआइजी हुन सक्छन्। तर, कार्कीकै ब्याचमेटका डिआइजीहरू ईश्वर कार्की, दिनेश आचार्य, राजेन्द्रप्रसाद भट्टलगायतले टक्कर दिने सम्भावना छ।
 
जेठ र भदौमा एआइजी रिक्त हुँदा राष्ट्रिय अनुसन्धान विभागबाट आएको टोली छुटे त्यसका सदस्यहरू डिआइजीबाटै अवकाशमा जानेछन्। त्यसकारण राष्ट्रिय अनुसन्धान विभागबाट स्थानान्तरण भएर आएको टोलीका सदस्य यो सिफारिसले असन्तुष्ट छन्। 
 
रवि लामिछाने गृहमन्त्री भएकै बेला कार्कीको टोलीलाई वरियता मिचेर बढुवा गरिएको थियो। अहिलेका गृहमन्त्री रमेश लेखकले त्यही बढुवालाई निरन्तरता दिएका छन्।  लामिछानेले शाह नेतृत्वको टोलीलाई पाखा लगाएर कनिष्ठ टोलीलाई अगाडि ल्याई बढुवा गरेका थिए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।