धनकुटाबाट लागुऔषध सहित तीन जना पक्राउ
धनकुटा,१० बैशाख । धनकुटाबाट लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
धनकुटा नगरपालिका-७ बाट जिल्ला प्रहरी कार्यालय धनकुटाले स्पास्पेन र ट्रामाडोल गरी जम्मा ७०४ ट्याब्लेट सहित धनकुटा-७ की ५३ बर्षीया अन्जना तामाङ, धरान घर भई ससुरालीमा बस्दै आएका निज अन्जना तामाङको ज्वाई २२ बर्षीय मनिस धामी र १९ बर्षीय ओम तामाङलाई नियन्त्रणमा लिएको हो ।
लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


