धनकुटामा औद्योगिक प्रदर्शनी एवं धनकुटा पर्यटन उत्सव हुने
धनकुटा, १६ बैशाख । धनकुटामा यही वैशाख २३ गतेदेखि जेठ ५ गतेसम्म औद्योगिक प्रदर्शनी तथा धनकुटा पर्यटन उत्सव हुने भएको छ। आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटाले आज धनकुटामा पत्रकार सम्मेलन गर्दै महोत्सव हुने बारे जानकारी गराएको हो।
धनकुटा सदरमुकामको तल्लाे टुडिखेलमा हुने प्रदर्शनीमा स्थानीय उत्पादन, नेपालभरीका पर्यटकिय क्षेत्र तथा काेशी प्रदेश सरकारले घाेषणा गरेकाे पर्यटन वर्षका स्टल समेत रहने आयाेजक नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटा निवर्तमान अध्यक्ष विजयसन्ताेषी राइले जानकारी दिनु भयाे ।
उत्सवमा विभिन्न संस्कृति कार्यक्रम लगायत कार्यक्रम हुने राइले जानकारी दिए । कार्यक्रमकाे उत्घाटन काेशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले गर्ने नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटा अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठले जानकारी दिनु भयाे ।
उत्सवमा ३५ वटा स्टल रहने आयाेजकले जनाएको छ । उत्सव सम्पन्न गर्ने २५ लाख खर्च हुने र १ कराेणकाे आर्थिक काराेबार हुने अनुमान गरिएकाे छ ।


