धनकुटाको साँगुरीगढीमा पर्यटकीय क्षेत्र तथा पूर्वाधार विकासका लागि पिकनिक स्थल निर्माण
हिराराज राई,धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–८, ठलुङ्टार स्थित तातोपानी तरीटोल वस्ती संगठनको आयोजनामा पर्यटकीय क्षेत्र तथा पूर्वाधार विकासका लागि पिकनिक स्थल निर्माण गरिएको छ।
तमोर नदीको किनारमा अवस्थित उक्त स्थलमा पिकनिक तथा ऱ्याफ्टिङ ग्रुपहरु आउने गरेको पाइन्छ। यस स्थलमा पिकनिक खाने टहरा, शौचालय, खानेपानी र पार्किङको व्यवस्था रहेको छ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो रमणीय ठाउँ अब पिकनिक कार्यक्रम मनाउने मात्र नभई, शान्त वातावरणमा समय बिताउन चाहने पर्यटकको रोजाइमा पर्ने सम्भावना बढेको छ।
साँगुरीगढी गाउँपालिकाको सहयोग तथा स्थानीय बासिन्दाको सक्रिय सहभागितामा निर्माण सम्पन्न भएको यस पिकनिक स्थलले क्षेत्रीय पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।

यस स्थलले स्थानीय आर्थिक विकास, आन्तरिक पर्यटकीय प्रवाह तथा प्राकृतिक सौन्दर्य संरक्षणमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।


