धनकुटा स्थित तमोर नदी किनारमा एक महिलाको शव फेला
धनकुटा,२० बैशाख । धनकुटामा एक महिलाको शव फेला परेको छ ।
जिल्लाको सांगुरीगढी गाउंपालिका ७ स्थित तमोर नदी किनारमा सडिगलेको अवस्थामा शव फेला परेको हो ।
उक्त शव सुनसरीको धरान उप-महानगरपालिका-२, निकेतन मार्ग बस्ने तीर्थराज शाक्यकी श्रीमती ६५ बर्षिया मिना शाक्य रहेको भनी मृतकको छोराबाट सनाखत भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
मृतक महिला गत बैशाख ९ गते विहान धरानबाट इटहरी जाने भनी आफूखुसी घर छोडी हिँडेकोमा मुलघाटसम्म आई नदी किनारबाट बेपत्ता भएको सिसीटिभी फुटेजबाट देखिएकोले निजको निरन्तर खोजतलास भइरहेको थियो ।
कानूनी प्रकृया पूरा गरी शवलाई पोष्टमार्टमको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको डीएसपी खनालले बताए ।


