नेपाल लोकतन्त्रवादी किरात राई संघ धनकुटा अध्यक्षमा नगेन्द्र लिङखाावा राई

नरेन्द्र कश्चित/वैशाख २०,धनकुटा । नेपाल लोकतन्त्रवादी किरात राई संघको आज धनकुटामा भएको भेलाद्वारा नगेन्द्र लिङखावा राईलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गर्दै ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

नेपाल लोकतन्त्रवादी किरात राई संघका केन्द्रीय अध्यक्ष आनन्द सन्तोषी राईको प्रमुख आतिथ्यमा आज धनकुटामा भएको भेेलाले धनकुटा जिल्ला कार्यसमिति चयन गरिएको हो ।

आज भएको भेेलाद्वारा उपाध्यक्षद्वयमा गजेन्द्र राई,शान्ति राई,सचिवमा पुत्रमान राई,सह-सचिवमा मणिराज राई,सदस्यहरुमा हर्क राई,लक्ष्मी राई,शाान्तितिमाया राई,हर्षराज राई,रोशन राई र मणिराज राई सर्वसम्मत चयन गरिएको छ ।

आजै भएको भेेलाबाट क्षेत्र नं १ मा सन्तोष राई र क्षेत्र नं २ मा भूषण राई नेपाल लोकतन्त्रवादी किरात राई संघको क्षेत्रीय संयोजक समेत तोकिएको अध्यक्ष राईले बताउनु भयो ।नेपाल लोकतन्त्रवादी किरात राई संघ जिल्ला कार्यसमितिको बैठकबाट कोषाध्यक्ष लगायत अन्य सदस्यहरु पदपूर्ति गर्दै जाने र क्षेत्रीय कार्यसमिति समेत पदपूर्ति गर्दै लगिने समेत अध्यक्ष राईले बताए ।

नेपाल लोकतन्त्रवादी किरात राई संघको आज भएको भेेलामा नेपाली कांग्रेसका जिल्ला सदस्य मोहन वान्तावा राई,साँगुरीगढी गाउँपालिका सभापति एवं नेपाल लोकतन्त्रवादी किरात राई संघका केन्द्रीय प्रवक्ता नेपालधन राई,सहिदभूमि गाउँपालिका सभापति टंक राई,साँगुरीगढी गाउँपालिका वडा नं १ का वडा सभापति भूपेन्द्र राई,साँगुरीगढी गाउँपालिका वडा नं ६ का वडा सभापति सन्नेतोष राई,नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ जिल्ला सभापति नरेन्द्र राई लगायतको उपस्थिति रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖