धनकुटामा कार्यरत प्रहरी सहायक निरीक्षक कटुवालको घरको छतबाट लडेर निधन
धनकुटा । धनकुटामा कार्यरत प्रहरी सहायक निरीक्षक प्रेमराज कटुवालको घरको छतबाट लडेर निधन भएको छ ।
प्रहरी सहायक निरीक्षक कटुवाल सुनसरीको ईटहरी उपमहानगरपालिका–२० तरहरा स्थित आफ्नै निर्माणाधीन घरको छतबाट खसेर उपचारको क्रममा गत बैशाख २१ गते निधन भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले धनकुटा खबरलाई बताए ।
जिप्रका धनकुटाको संचार शाखामा कार्यरत कटुवाल गत बैशाख २१ गते बिहानको करिब ८:३० बजे आफ्नै घरको छतमा पानी हाल्ने क्रममा चिप्लिएर लड्दा गम्भीर घाइते भएपछि तत्काल उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिएको थियो । सोही दिन उपचारका क्रममा दिनको १२:३० बजे चिकित्सकले मृत घोषित गरेका थिए।
स्व. कटुवाल केही दिनअघिमात्रै बिदामा घर गएका थिए।


